घुयँत्राे:”८ महिना निदाएका बा ब्युँझिएपछि प्रदेशका मुख्यमन्त्रीको निद्रा हराम !”

जेनजि आन्दोलनदेखि सुतेका केपि बा ८ मैना पछि बल्ल उठेछन कि क्या ?! जताततै सबै प्रदेशतिर कतै सरकार ढाल्ने ,कतै जाेडने, कतै राजिनामा दिने, कतै अविश्वास प्रस्ताब ल्याएर भएनि अब एमाल्या सरकार बनाउने भनेर हिजाट छ्याप्छ्याि्प्ति सम्चार आउन थाल्याछ देख्दा अब बाले सत्ताकाे साङ्लो अरुका हाताँ देलान जस्ताे छैन । कतै पुरानाे गठबन्धन भत्कायर त कतै नयाँ गठबन्धन गरेर भएनि सातै प्रदेशाँ एमाल्या सरकार बनाउने दाउमा वलि बा कस्सिया जस्ताेछ । पाटिभित्र चल्या नेतृत्वको खिचातानीयाँनि बाले केपि जिउँदाे रहँदासम्म केपिवलिलाई निकाल्ने र अरुले पाटि अध्यक्ष हुने सपना नदेखे हुन्छ भनेर केन्द्रीय कमिटिया बैठकाँ पाेखरेल, पाैडेल र गुरुङकाे साताे खाएछि हिजाे पाटि अफिसाँ बसेर याे सरकार र यसले गठन गर्या सम्पति छानविन आयाेगलाई पूरै डाेज पुग्ने गरि देछि आयाेग नि पूर्व प्रधानमन्त्री, न्यायाधीशहरु र सेनाका विरुद्ध छानबिन नगरिने भनेर बक्तब्यै जारी गर्न बाध्य भाे । चाैविसै घण्टा थुतुनाे चलाएर र उखान टुक्काकाे भराँ बाँच्ने मान्छे ८ मैनासम्म मुख थुनेर बस्दा कस्ताे भए हाेला बिचरा ! बा का कुरा सुन्दात ह्वाँकै कृपाले प्रदेशाँ अरु दलका नेताले ८ मैना बढि मुख्यमन्त्रीकाे पदाँ अयस गर्न पा जस्ताे बुझियाे क्यारे बाका कुराले त ! हाम्रो प्रदेशाँनि बजेट भाषण पछि गठबन्धन फेर्ने कुरा गर्दै हुनुहुन्थ्यो मुख्यमन्त्री ज्यु । अब बालेनै ईशारा गरेछि सम्भब त एमाले र माओवादि वीच गठबन्धन भएर मुख्यमन्त्री चाईँ ऐलेकै कँडेल जीनै रहने निश्चितै जस्ताे देखिन्छ । केन्द्रमा एमाले माओवादि ढिलाे चाँडाे एकीकरण हुने कुरा चलिरा हुनालेनि सातै प्रदेशाँ वामपन्थीहरुकै नेतृत्वमा सरकार गठन गर्ने र मुख्यमन्त्री एमालेनै हुने सहमति पछि बाले प्रदेश सरकारबारे मुख खाेल्यानि हुन सक्छ । आउने स्थानीय निर्वाचनसम्म सरकार चलाएर कार्यकर्तालाई अलिअलि मिठाे मसिनाे पुर्याउन सक्न पाएनि चुनाबा बहुमत ल्याउन सकिन्थ्याेकि भन्ने दाउमा बा लाग्याछन । तर क्यार्नु ” आफू ताक्छु मुढाे बन्चराे ताक्छ घुँडाे” भन्या झैँ बा आफ्नो पाटि बनाउन तिर लाग्ने तर कार्कर्ता जति दिनहुँ भट्टाभट एमाले छाेड्या बक्तब्य निकाल्दै रास्वपाँ गएर रास्वपाकाे धारणगर्या पदवापत बधाई र शुभकामना खाका फाेटाे हाल्या हाल्यै छन । त्यसैले वलि बाकाे प्रदेशाँ आफ्नाे सरकार बनाउँछु र पाटिलाई बैतरणि पार गराउँछु भन्ने खेलाे पनि सप्रेला जस्ताे छैन । बाटाघाटा,सडकगल्लि, चिया चाैतारा, मेलापात जताततै खालि रास्वपाकै कुरा गर्छन । रास्वपापाले वा प्रधानमन्त्रीले गर्या कुराकाे केही खाेट देखाउन खाेज्याे आँखै घाेच्ने गरि आैँला काेच्न खाेज्छन । अनि केकाे पुराना दलले आश गर्नु ! ८ मैना बिति सक्दानि नेताहरु सुध्रिनुकाे सु समेत उच्चारण गर्न सक्दैनन अनि यिन्लाई जनताले काँट भाेट हाल्छन र यिनरु माथि उठछन के ! जतिजति यिनरु बालेन सरकारलाई असहयाेग गर्छन त्यतित्यति पुराना दलकाे बेहाल हुँदै जाने निश्चित छ । त्यसैले मतदाताकाे नजरमा राम्रो बन्ने बिचारछ भने पुरानादलहरुनि याे सरकारका काम कार्वाहिमा सहयाेगी र सहयात्रि बन्दै जानू पर्छ हैन भने फागुन २१ काे आम चुनाबमा जसरि धुलाेपिठाे वनियाे त्यस्तै धुलाे पिठाे पुराना दललाई स्थानीय र प्रदेश चुनाबमा बनाउनेछन ।यसकारण पनि पुराना ३ दलले फुकेर पाईला टेक्नु पर्नेछ । के साँच्चै पुराना दलहरु त्यसरि हिँडन सक्लान त ? जयहाेस ।






