बीस मेगावाटसम्मका आयोजना प्रदेशले बनाउने

सुर्खेत, २२ जेठ ।  सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिए ।  डोल्पामा निर्माणाधीन जगदुल्ला ‘ए’ लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको […]

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लालाई 

कास्की, २२ जेठ ।  छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि जुम्लाकी मञ्जु रावतले चुमेकी छिन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा यहाँ आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाकी २५ वर्षीया धाविका रावतले अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९ किमी दूरी ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा पूरा गरी प्रथम स्थान हाँसिल गरिन् ।  त्यसैगरी, जुम्लाको […]

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला, २२ जेठ ।  जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ ।  गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे […]

विद्यार्थीलाई स्टेशनरी र पोसाक वितरण

सुर्खेत, २२ जेठ ।  वीरेन्द्रनगर–११ स्थित दुई विद्यालयका १३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ । कर्णाली प्रदेशका सिमान्तकृत तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील लभ एण्ड होप नेपालले उक्त सामाग्री वितरण गरेको हो ।  संस्थाले शिव माध्यमिक विद्यालयका ५५ जना र कालिका आधारभूत विद्यालयका ७६ […]

एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती

कञ्चनपुर, २२ जेठ ।  एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आज शुक्लाफाँटा नगरपालिकामा सम्पन्न […]

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ, २२ जेठ ।  निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लङ्घनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन […]

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ, २२ जेठ ।  नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ ।  राष्ट्रसङ्घीय मुख्यालयमा आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि  राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न […]

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

काठमाडौँ, २२ जेठ ।  महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।  विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको […]

विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक

महेन्द्रनगर, २२ जेठ ।  सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्किए । मलेसियामा तीन वर्ष मजदुरी गरेका चौधरीको मासिक रु ३५ हजार कमाइ गरे । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किएका विजय अहिले माछापालनमा छन् ।  गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण […]

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

बाँके, २२ जेठ ।  बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले पाँच योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । उनका […]

पूर्व कमान्डर, अहिले माछा व्यापारी

गाेल्डेन बुढा जुम्ला ,२२ जेठ । पहिले उनी माओवादी पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर हुन्। नागरिकको आमूल परिवर्तनको आशा बोकेर उनी २६ वर्षको कलिलो उमेरमै युद्धमा होमिएका थिए। कालिकोटका वीरेन्द्रबहादुर भण्डारा त्यो उपलब्धि मुलुकले हासिल नगर्दा त्यो युद्ध नै माछा-माछा भ्यागुतो बन्न पुगेको बताउँछन्।अहिले वीरेन्द्र ४४ वर्षका माछा व्यापारी भएका छन्। प्रतिदिन न्यूनतम २५ केजी […]

सुर्खेत विमानस्थल विस्तारको खिचडीले त्रासमा नागरिक  ‘कि विकल्प देऊ, होइन  भने वर्षेनी तनाव नदेऊ’

ओम शाही सुर्खेत, २२ जेठ ।  संघीय सरकारले पत्येक वर्षको १५ जेठमा ल्याउने वार्षिक बजेटपछि चर्चामा आइरहन्छ सुर्खेत विमानस्थल । उसो त संघीयतापछि कुनै न कुनै कारणले चर्चामै रहन्छ यो विमानस्थल । कर्णाली प्रदेशको हवाई यातायातको ढोका यो विमानस्थल कहिले विस्तारको योजनाले चर्चामा आउँछ, कहिले शक्तिमा रहेका नेताहरूले विमानस्थलमा आउने बजेटमा अपनत्व लिन गरिने होडबाजीले […]

सम्पादकीय : नीति कार्यान्वयनमा ध्यान देऊ

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा नीति तथा कार्यक्रमको पूर्णपाठ वाचन गरेका छन् । सरकारले ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ को दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, ऊर्जा, रोजगारी, सुशासन तथा सेवा […]