पूर्व कमान्डर, अहिले माछा व्यापारी

गाेल्डेन बुढा

जुम्ला ,२२ जेठ ।
पहिले उनी माओवादी पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर हुन्। नागरिकको आमूल परिवर्तनको आशा बोकेर उनी २६ वर्षको कलिलो उमेरमै युद्धमा होमिएका थिए। कालिकोटका वीरेन्द्रबहादुर भण्डारा त्यो उपलब्धि मुलुकले हासिल नगर्दा त्यो युद्ध नै माछा-माछा भ्यागुतो बन्न पुगेको बताउँछन्।अहिले वीरेन्द्र ४४ वर्षका माछा व्यापारी भएका छन्। प्रतिदिन न्यूनतम २५ केजी माछा बेच्ने गरेका उनले वार्षिक ६ लाख बढी रुपैयाँ आम्दानी गर्छन्। उनको लागि अहिलेको जीवन माछा-माछा-माछा भएको छ।त्यति बेला बम गोला र बारुद बोकेर हिँड्ने उनी अहिले माछा बोकेर हिँड्छन्।मोटरसाइकल पछाडि ड्रम त्यही भित्र माछा राखेर दैनिक बजारका ठुला–ठुला होटेल तथा घर–घरमै माछा बेच्न पुग्छन्। माओवादी जिन्दावाद भन्दै जनताका गीत गाउँदै हिँड्ने गरेका उनी अहिले ‘ए हजुर तिला नदीका सफा माछा आयो राख्नुस्, ए हजुर माछा राख्नुस्’ भन्दै हिँडेका देखिन्छन्।‘जनमुक्ति सेनामा जुम्ला, सिन्धुली, अछाम, बाजुरा अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम, गणेशपुर, रुकुमको खारा लगायतका ४९ मोर्चाभन्दा बढी भएका युद्धमा म सहभागी भएको छु,’ उनी भन्छन्, ‘अहिले कर्णालीका विभिन्न जातका माछा बेच्ने गरेको छु।’वीरेन्द्रले शान्ति प्रक्रियापछि ६ लाख रुपैयाँ लिएर स्वैच्छिक अवकाश रोजे। त्यसो त उनमा राजनीतिक सक्रियता अहिले पनि जीवित छ।

जुन सपना र नाराका साथ युद्ध भएको थियो, त्यो अहिले नेताहरूले सबै छोडेको पूर्व जनमुक्ति सेनाको आरोप छ। उनका शरीरमा अहिले पनि बन्दुकका गोली छन्। नेपाली जनतालाई युद्धको बेला बाँडिएको सपना अहिले नेताहरूले बिर्सिँदै गएको आरोप लगाए।नेताहरू आफ्नो स्वार्थमा रमाउँदा जनयुद्धको भावना नै मेटिएको उनी सुनाउँछन्। त्यसैले उनी क्रान्तिको भन्दा आर्थिक क्रान्तिको कुरा गर्छन्। ‘जति क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेछ,’ उनले भने, ‘त्यसैले आर्थिक क्रान्तिको बाटो रोजेँ।’ विगतमा आफूले जनसेना भएर निर्वाह गरेको भूमिकाकै कारण देशमा राजनीतिक परिवर्तन भएकोमा भने उनलाई केही सन्तोष छ।‘मेरो माछा व्यवसाय आर्थिक क्रान्तिमा जुट्नुपर्छ भन्ने सन्देश पनि हो,’ उनले थपे, ‘आर्थिक समृद्धिको बाटो भनेको आफ्नो पौरख नै रहेछ।’ छिमेकी, आफन्त र साथीभाइहरू ठुला–ठुला सपना देख्दै विदेश पलायन भएको देखे पनि आफूले विदेश जान सोच कहिल्यै नपालेको उनले बताए। उनी आफ्नो माछा व्यापारबाट सन्तोषजनक भएको बताए।बिहानै उठेर नाग्मा बजारबाट माछा ल्याएर जुम्ला बजार, कालिकोटको मान्म, जुम्लाको गोठिज्युला, पातारासी लासी, सिञ्जाको नराकोट तिलाको रारालिही र तातोपानी गाउँपालिकाको लिताकोट बजार पुग्छन्। उनले ८ सय रुपैयाँ केजीमा खरिद गर्छन्।

ग्राहकलाई प्रतिकेजी १ हजार रुपैयाँमा बेच्छन्।‘मागे जति माछा पुर्‍याउन सकिँदैन, माग बढ्दो छ,’ उनले भने, ‘आफ्नै काम गरेर घर परिवार छोरीसँग बस्न पाउनुको खुसी बेग्लै छ।’यस्तै कालिकोट महावै गाउँपालिका–६ गणेशकोट गाउँका सुरेश शाही ४२ वर्ष भए। उनले माछा बेच्न लागेको पाँच वर्ष भयो। उनले कर्णालीका असला जातका माछा बेच्छन्। प्रतिकेजी १ हजार १ सय रुपैयाँमा बेच्छन्। उनले प्रतिकेजी ८ सय रुपैयाँमा खरिद गर्छन्।जुम्लाको सदरमुकाम खलंगामा अवस्थित सबै होटल, अफिस र घरदैलोमा पुग्छन्। भने पातारासी गाउँपालिकाको लासी बजार, गुठिचौर गाउँपालिका झारज्वाला र सिंजाको नराकोट बजारसम्म नियमित बाइकमा जान्छन्। अर्डर अनुसार पनि जुम्लाका सबै गाउँबस्ती पुग्ने गरेको बताए। यस्तै कालिकोट नाग्मा बजारका होटल, पसल, अफिसमा पनि पुग्ने गरेको बताउँछन्।प्रतिदिन चोखो न्यूनतम २ हजार ५ सय रुपैयाँ कमाउँछन्। भने मासिक ४५ हजार रुपैयाँ नगद आम्दानी गरिरहेको बताए।

वार्षिक न्यूनतम पाँच लाख ४० हजार रुपैयाँ चोखो बचाउँछु।उनको छ जनाको परिवार छ,” उनका अनुसार,“सबै घर खर्च यसबाट चल्छ। छोराछोरीको पढ्ने, लेख्ने, घर खर्च भइरहेको छ।”दुर्भाग्य, उनको पाँच वर्षको कमाइ १२ लाख रुपैयाँ भयो। तर,जुम्लाको सदरमुकाममा रहेको दियालो सहकारीमा बचत गरे। सहकारी डुब्यो। रुपैयाँ पाइएको छैन। उनले गुनासो गरे।“पाँच वर्षको दुःख गरेर कमाएको रकम सहकारीमा राखेको थिएँ,” उनले भने, “अहिलेसम्म पाएको छैन।”औपचारिक शिक्षा ८ पास मात्रै छ। खेतीपाती पनि गर्छु, उनले भने,माछा बेचेर परिवारको जीविकोपार्जन गरिरहेको छुँ।माछा व्यापारलाई नै परिवार धान्ने मुख्य आधार बन्याे।

पूर्व कमान्डर, अहिले माछा व्यापारी

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता

Leave a comment

Your email address will not be published. Required fields are marked *