बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने सिएनआईको विश्वास

काठमाडौँ, २१ जेठ ।  नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक रुपमा लिएको जनाउँदै औद्योगिक प्रवर्‌द्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ ।  परिसङ्घले एक विज्ञप्ति जारी गरी बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित […]

छाडा पशुचौपायाका बहुआयामिक असर 

इन्द्राकुमारी केसी/रासस  कैलाली, २१ जेठ । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो […]

उपेक्षामा आँखाको हेरचाह

 प्रा डा. डिबी कार्की    सर्बविदितै छ, जीवनमा आँखाको महत्व अवर्णनीय छ । जीवन र जगत् देख्नका लागि अत्यावश्यक आँखाको हाम्रो जीवनमा सर्वोपरि महत्व छ ।  आँखा अत्यन्त सम्वेदनशील अङ्ग पनि हो, यसको हेरचाह र रक्षाका सन्दर्भमा उच्च सम्वेदनशीलता अपनाउन आवश्यक छ । पछिल्लो समय साना बालबालिकादेखि वयस्क र वृद्धावस्थाका मानिसले मोबाइल, कम्प्युटर र टिभीको […]

सम्पादकीय : वादी वस्तीमा स्वच्छ खानेपानीको सुनिश्चितता गर 

सुर्खेतको वीरेन्द्रनगरमा यतिबेला राष्ट्रिय गौरव र प्राथमिकतासँग जोडिएको भेरी लिफ्ट खानेपानी आयोजना तीव्र गतिमा निर्माण भइरहेको छ । झण्डै ६ अर्ब रुपैयाँ लागतको यो आयोजना सम्पन्न भएपछि सन् २०५० सम्मका लागि वीरेन्द्रनगरवासीलाई दिगो खानेपानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने दृष्टिले यो निस्सन्देह कर्णालीकै रणनीतिक महत्वको आयोजना हो । तर, […]

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन:एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ,२० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) […]

घुयँत्राे:”देश चलोस् कि नचलोस्, पुराना हिसाब–किताब भने चुक्ता हुनैपर्छ !”

सदनमा पेश गर्नका लागि ४८ वटा विधेयक तम्तयार भएर बस्याछन । तर विपक्षिहरुले एकपछि अर्काे निहु खाेज्दै सदनमा हङ्गामा मच्चाई रहेका छन । हिजाेका दिनमा यिनै विपक्षिहरुले सरकार चलाउँदा आजकाे सत्तारुढ पाटि यस्तै विनाकारण सदनमा उफ्रियर सदन चलाउन दिएन । ऐले त्यसकाे ठिक विपरित हिजाेका विपक्षिहरु दुई तिहाइकाे सरकारमा छन । अनि हिजाेका सत्ताधारीले त्यै […]

आज अचानक परेकाे असिना र भीषण वर्षाले हिमा–१ काे कृषिबालीमा ठूलो क्षति

काली बहादुर परियार जुम्ला ,२० जेठ । हिमा गाउँपालिका–१ आचार्य लिहिमामा अचानक परेको असिना पानी सहितको भीषण वर्षाले कृषिबालीमा ठूलो क्षति पुर्‍याएको छ । आज साँझ करिव ६ बजे तिर परेकाे अचानक भिषण पानीले हिमा १ आचार्य लिहिका किसानले लगाएका गहुँ बालीमा क्षेती पुर्‍याएकाे हाे । क्षतिको अवस्था बुझ्न हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर […]

बाँकेमा हिट एक्सन डे मनाइयो

बाँके ,२० जेठ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा नेपालगंजमा हिट एक्शन डे मनाइएको छ । BeatTheHeat “घरभित्रको गर्मीः घरभित्र सामना गर्नुपर्ने स्वास्थ्य जोखिमको पहिचान र त्यस विरुद्ध आवश्यक कार्य” भन्ने मुल नाराका साथ मनाइएको छ । कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं। १३,, १४ १९, २१ र २२ वडा जनप्रतिनिधि, नेपालगंज उपमहानगरपालिकाका प्रतिनिधि, […]

गोरखापत्रको नेतृत्व दौडमा जुम्लाका नेत्रबहादुर शाही

गाेल्डेन बुढा जुम्ला ,२० जेठ । नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक सञ्चार संस्था गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि जुम्लाका पत्रकार नेत्रबहादुर शाहीले आवेदन दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आह्वान गरेको आवेदनमा शाहीसहित ३५ जनाको आवेदन परेको छ।मन्त्रालयले सोमबार सार्वजनिक गरेको आवेदकहरूको सूचीअनुसार साविक कर्णाली क्षेत्रबाट पत्रकार नेत्रबहादुर शाहीको मात्रै […]

लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ मन्त्रीको नियुक्तिको प्रक्रिया अघि बढ्यो

दाङ ,२० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारुतथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री […]

महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम

बाँके ,२० जेठ । महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा मङ्गलबार देखि शुरु भएको छ । सामाजिक बिकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम शुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको […]

विषादीरहित तरकारी उत्पादन गर्दै किसान 

दुर्गा देवकोटा/रासस टीकापुर, २० जेठ। कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो ।  प्रयोगशालाले किसानका बारी […]

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’ 

काठमाडौँ, २० जेठ। यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ ।  चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र […]