महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम

बाँके ,२० जेठ ।
महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा मङ्गलबार देखि शुरु भएको छ । सामाजिक बिकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम शुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याद बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ ।
संस्थाकि अध्यक्ष रमादेबी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको छ ।सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी थापाले सिपमुलक तालिमबाट सीप बिकास हुने आशा व्यक्त गरिन् ।
गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म संचालन हुनेछ । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन् । तालिममा २० जना सहभागी हुनेछन् ।
महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम

विषादीरहित तरकारी उत्पादन गर्दै किसान 

महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम

महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग)

Leave a comment

Your email address will not be published. Required fields are marked *