घुयँत्राे:”देश चलोस् कि नचलोस्, पुराना हिसाब–किताब भने चुक्ता हुनैपर्छ !”

सदनमा पेश गर्नका लागि ४८ वटा विधेयक तम्तयार भएर बस्याछन । तर विपक्षिहरुले एकपछि अर्काे निहु खाेज्दै सदनमा हङ्गामा मच्चाई रहेका छन । हिजाेका दिनमा यिनै विपक्षिहरुले सरकार चलाउँदा आजकाे सत्तारुढ पाटि यस्तै विनाकारण सदनमा उफ्रियर सदन चलाउन दिएन । ऐले त्यसकाे ठिक विपरित हिजाेका विपक्षिहरु दुई तिहाइकाे सरकारमा छन । अनि हिजाेका सत्ताधारीले त्यै हिजाेका दिन सम्झेर बदलाकाे भाबनाले विपक्षिहरु सदन चल्न नदिएर सरकारलाई घुँडा टेकाउने दाउमा छन । दिनहु सदनमा भएकाे अबराेधलाई देखेर सभामुखले अब एकै पटक २५ गतेका लागि मात्रै सदन बाेलाएका छन । बिपक्षिहरु सदन शुचारु गर्न वार्तामा समेत बस्न तयार छैनन । उनिहरु जसरि भएपनि याे सरकार गिराउने र यसलाई काम गर्न नदिने पक्षमा छन । हिजाे सत्तामा बस्दा हिजाेका पुरानादलहरुले भष्टाचारकाे विगविगि चलाएर अकुत सम्पति कमाएका नेतृत्व र नेता कार्यकर्तालाई याे सरकारले कार्वाहि गर्छ र नाङ्गै सडकमा कुदाउँछ। त्यसैले पनि पाँचै बर्ष सदनमा आतंक र त्रास सृजना गरेर भएपनि सदन चल्न नदिने र बालेन सरकारलाई काम गर्न नदिएर आफ्ना नेता कार्यकर्तालाई पक्राउ गर्न नदिने दाउमा विपक्षिहरु लागि परेका छन । विपक्षिहरु सहमतिमा आएर सदनमा विधेयक पास गर्न देलान त्याे कतै सम्भावना छैन । त्यसैले अब सभामुखले सदन सन्चालन गर्न लगाउने अनि त्यसमा अबराेध पुर्याए अवराेध पुर्याउनेलाई सदनबाट निलम्बन गर्ने र अगाडि बढने नीति नलिँदासम्म याे अधिवेशन शुन्यतामा चल्ने र राष्ट्रकाे ढुकुटी मात्रै सक्किने अबस्था आउँदै छ । त्यसैले सभामुखले अब दुई तिहाईकाे बहुमतले गर्नेकाम गर्दै जानुपर्दछ । सदनले विधेयक पास गर्दै जान राप्रपाका ज्ञानेन्द्र शाहिलाई प्रतिपक्षकाे रुपमा साक्षि राख्दै ऐन पास गर्ने नीति लिईयाे भने त्यसले सरकारले चाहेकाे उद्देश्य पूरा हुन सक्दछ । र विपक्षिहरुकाे सेखिपनि झार्न सकिन्छ । त्यसाे त राष्ट्रिय सभामा ऐलेकाे सरकार शून्यछ । यसमा तिनै भष्टाचारी दलका बुढाखाडाहरु मात्रैछन । तर पनि सरकारले यसै पटक पास गर्ने गरि ४८ वटा विधेयककाे मसाैदा तयार गरि सकेकाेछ । संविधान अनुसार अनिवार्य रुपमा बनाउनु पर्ने कानुनहरु पनि बनाउन नदिन लागि परेका छन र संविधानकाे रक्षार्थ भनेर कुर्लि रहेका छन । पुराना दलहरुबाट संविधानकाे रक्षा हैन भष्टाचार र भष्टाचारीकाे मात्रै रक्षा हुन्छ । त्यसैले अब जनता कुनै पनि हालतमा भ्रममा पर्ने छैनन । यी पुराना दलहरु आँफूहरु सदनमा अराजकता मच्चाएर ५ बर्ष भत्ता खाएर बिताउने । आफ्ना लठैतहरुलाई सडकमा हत्या, आतंक , कुटपिट र आगजनिमा उतारेर जनतालाई पुरुषार्थ देखाउनमा उद्यत हुने दाउमा छन । उनिहरकाे एकमात्र ध्येय पुराना ३ दलबाहेक कसैलेनि देश चलाउन सक्दैन भन्ने भ्रम जनतामा छरेर फेरि सत्तामा आउनसकिन्छ कि भन्ने हाे । तर अब जनता धेरै चेतनशिल र बुझ्ने भै सकेका छन । त्यसैले यी पुराना दलले पाँचै बर्ष सदन चल्न नदिएर उत्पात मच्चाएनि र आउने चुनाबमा याे सरकारकाे जति बदख्वाईँ गरेनि यसैलाई स्पष्ट बहुमत दिएर पठाएछि मात्रै देशकाे राजनैतिक अस्थिरता हट्ने छ भन्ने कुरा जनताले बुझेर काम गरेभने अब देशमा काँग्रेस,एमाले, र माओवादिकाे कुनै अस्थित्व रहने छैन । पुराना दलका नेताहरुकै कारण जनतामा तिनिहरुका दलप्रति कुनै विश्वाश रहने छैन । वलि, आर्जु र प्रचण्डले नै आफ्नाेदलकाे दाहसंस्कार गरि सकेका छन । नेताहरुका यस्तै गतिविधिले अब ति चिताबाट ती दलहरु उठेर आउन सक्ने कतै सम्भावना छैन । त्यसैले हिजाे आँफुले सदन चल्न नदिन गरेकाे गल्तिले ऐले आफ्नाे पाटिले २ तिहाइ ल्याएर पनि सदन चलाउन नपाउनु र त्याे जाबाे हिजाे जन्म्या दललेनि कइँ चुनाब जित्छ भनेर हेप्नु र चुनाब जितेर आईसके पछि पनि दुई तिहाई मतदाताकाे विश्वासलाई कुठाराघात गर्दै भ्रष्टताकाे उन्मादमा सदन चल्न नदिनु विपक्षि र सत्ता पक्ष दुबैका लागि घातकछ । अँझ त्याे भन्दानि घातक देशका लागिछ । थाेरैमात्र पनि राजनैतिक नैतिकता र विवेक भए नेताहरुले समयछँदै साेचम ।
नेताहरुमा चेतना भया ।
“बिरसिक्का”





