–१९ महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिमको विजयी यात्रा सुरु

सुर्खेत, २३ जेठ ।
वीरेन्द्रनगमार जारी १९ वर्षमुनीको टी २० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित कालुङचौक मैदानमा सुरु भएको प्रतियोगितामा पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद सुरुवात गरेको छ ।
त्यस्तै, वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगितामा विजयी यात्रा सुरुवात गरेको हो । टस जितेर ब्याटिंगका लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै २० ओभर खेल्दा जम्मा चार विकेट गुमाएर एक सय ४४ रन बनायो । लुम्बिनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिए ।
कर्णालीका लागि सुप्रिया बुढाले ३ विकेट हातपार्दा आशना चौधरी र आयुषा बरालले समान दुई विकेट लिए । उता, सावित्री धामीको आक्रामक ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा सुदूरपश्चिमले पहिलो जीत दर्ता गरायो ।
सुदूरलाई बलियो शुरुवात दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ति भण्डारीको २० सुदूरको जीतका लागि महत्वपूर्ण आधार बन्यो । एक सय ५१ रनको लक्ष्य पछ्याएको कोशीका लागि ठूलै चुनौति बनेको सुदूरपश्चिमका बलरसामु निरीह बनेका कोशीका कुनैपनि ब्याटरले दोहारो अंक छुन सकेनन् । सुदूरका लागि अञ्जु पार्कीले चार विकेट लिंदा आशिका कुमारी महरा र मनिषा चौधरीले दुई विकेट लिए ।
प्रतियोगिताअन्तर्गतको तेश्रो खेलमा गण्डकीले बाग्मतिमाथि सात रनको फराकिलो जीत आत्मसात गर्यो । टस जितेर पहिला ब्याटिंग रोजेको बाग्मतिका लागि अएली यादवले नट आउट ३२ रनको योगदान दिंदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साँवद र सम्भाव्या ढकालले समान १२, १२ रन जोडे ।
गण्डकीतर्फबाट कुसुम गोदार, नीरु जीटी, रञ्जना साउँदले समान दुई दुई विकेट लिए । ९६ रन पछ्याउन क्रिज उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफलनै जीतका लागि पर्याप्त भयो ।






