लिमी चौकीमा फर्किए सुरक्षाकर्मी

हुम्ला, २३ जेठ । 

उत्तरी नाम्खा गाउँपालिका–६ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनःसञ्चालन भएको छ । चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो । भारी हिमपात भएपछि  मङ्सिरको  पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए । 

न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमी पुगेको हो । प्रहरीले हिउँ पन्छाएपछि सर्वसाधारणको  आवागमन सहज भएको छ । न्यालु नाका खुलेपछि लाप्चाबाट कैलाश मानसरोवरतर्फ प्रस्थान गर्ने यात्रीको चहलपहल क्रमशः बढेको छ । 

लिमी चौकीमा फर्किए सुरक्षाकर्मी

‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’ 

लिमी चौकीमा फर्किए सुरक्षाकर्मी

पोषणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न कार्यशाला 

Leave a comment

Your email address will not be published. Required fields are marked *