बजेट कार्यान्वयनमा विगतभन्दा कमजोर कर्णाली सरकार

सुर्खेत, ८ चैत । बजेट कार्यान्वयनमा यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकार अहिलेसम्मकै कमजोर देखिएको छ । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा २० प्रतिशत पनि विकास बजेट कार्यान्वयन हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख […]

छ वटा खोलामा तटबन्ध निर्माण 

कैलाली, ८ चैत ।  जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित रु एक करोड ३० लाख बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम […]

नेपालगञ्जमा थपियो १५ करोड लगानीको तारे होटल

बाँके, ८ चैत ।  पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ । युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुइतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने पाहुनाका […]

सम्पादकीय : बजार अनुगमनलाई चुस्त बनाऊ !

मध्यपूर्वी देशहरूमा बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रसँगै ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर असर पार्न थालेको छ । इन्धन आपूर्तिको महत्वपूर्ण मार्ग मानिने स्ट्रेट अफ होर्मुज क्षेत्रमा अस्थिरता बढ्दै जाँदा विश्व बजारमा तेलको आपूर्ति शृंखला नै अवरुद्ध हुने संकेत देखिएका छन् । विश्वको २० प्रतिशत इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले निरन्तर निसाना बनाइरहँदा तेलको आपूर्ति […]

लेख:पराजयको शोक

उमालाल आचार्य संविधान जारी भएपछि २०७४ को पहिलो चुनावमा एमाले र माओवादी एकीकरण  हुँदा खड्ग प्रसाद ओलीको नेतृत्वमा स्पष्ट  बहुमतको सरकार  निर्माण भएको थियोे । माओवादी र एमाले नेतृत्वको आपसमा स्वार्थ बाँझिदा ओलीले  संसद विघटन गरिदिए । अदालतले त्यसलाई उल्टाएर पुनर्गठन गरि यथावत स्थितिमा ल्याइदियो । राष्ट्रपति आफ्नो अनुकूल भएको कारण ओलीले फेरि विघटन गरे  […]

जहाँ डाक्टर पुग्दैनथे, त्यहीँ डाक्टर पढ्न भारतबाट पुग्दै

गाेेल्डेन बुढा जुम्ला,७ चैत । छिमेकी देश भारतको जम्मु–कश्मीरकी साक्षी गुप्ता जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । औपचारिक रूपमा चिकित्सा शिक्षा आयोगका मापदण्ड पूरा गरेर दुर्गम भूगोलमा आइपुगेकी उनी केवल पाठ्यपुस्तकको चिकित्सा होइन, ‘सीमान्त जीवनको चिकित्सा’ सिक्दै छिन् । उनी भन्छिन्, ‘यहाँ बिरामी मात्र होइन, अभाव, दूरी र राज्यको पहुँच […]

कर्णाली प्रदेशसभाबाट पहिलोपटक संकल्प प्रस्ताव पारित

सुर्खेत ,७ चैत । कर्णाली प्रदेशसभाबाट पहिलोपटक संकल्प प्रस्ताव पारित गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पसहितको ६ बुँदे प्रस्ताव पारित गरिएको हो । कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सभामा ६ बुँदे संकल्प प्रस्ताव पेस गरेका थिए । जुम्लाबाट निर्वाचित एमाले सांसद टेकराज पछाइ र […]

मुख्यमन्त्री आचार्यद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै समवेदना व्यक्त

काठमाडौं ,७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शनिबार मुख्यमन्त्री आचार्य ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार […]

घुयँत्राे:“तेल महँगो भयो भन्दै कराउने, जागिर जोगाउन सडक धाउने!”

एमालेकाे याैटा गुठ तेलकाे मूल्यवृद्धि किन गरिस भनेर आँखा चिम्म गरेर सरकारलाई गाली गर्दैछ अर्काे गुठ नयाँ सरकार बनाउने पाटिले कर्मचारीहरुकाे ट्रेड युनियन खारेज गर्ने गरि घाेषणा पत्र ल्याएकाेले एमाले कर्मचारीहरु यसैलाई निहु बनाएर सडकमा जाने तयारी गर्दैछन । जुनदिन घण्टीकाे सरकारले ट्रेडयुनियन खारेजकाे घण्टी बजाउँछ त्यै दिनदेखि यिनिहरु सडकमा जान्छन । उनिहरुकाे याे निर्णयनै […]

वीरेन्द्रनगरमा कसरी भइरहेको  छ इन्धनको सहज आपूर्ति ?

ओम शाही सुर्खेत,  ७ चैत ।  मध्यपूर्वी देश इरानमा अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि उत्पन्न तनावको असर विश्वव्यापी परेको छ । यसको असरबाट नेपाल पनि अछुतो छैन । मध्यपूर्वको तनावले अहिले विश्वव्यापी इन्धन आपूर्तिको श्रृंखला नै बिग्रिएको छ । विश्वको २० प्रतिशत इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले निरन्तर निसाना बनाइरहँदा तेलको आपूर्ति […]

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके, ७ चैत ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ । हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए । उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल पाँच […]

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण  

कैलाली, ७ चैत ।  धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडक खण्ड अन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् । पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा  तटबन्ध पनि […]

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

सुर्खेत, ७ चैत ।  यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा […]