भौतिक मन्त्री चौलागाईंबाट भेरि करिडोरको अनुगमन

डोल्पा, १० चैत ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं भेरिकरिडोर सडक खण्डको अनुगमन गर्दै डोल्पा पुगेका छन् । मन्त्री चौलागाईं सुर्खेत–छिन्चु–जाजरकोट हुँदै डोल्पासम्मको भेरिकरिडोर सडकखण्डको स्थलगत अनुगमन गर्दै सोमबार साँझ डोल्पा पुगेको उनको सचिवालयले जनाएको छ । मन्त्रीसँगै सडक विभागका महानिर्देशक (डीजी) तथा इन्जिनियरसहितको टोली जाजरकोटदेखि डोल्पासम्मको सडकखण्डको अवस्था, प्रगति र चुनौतीबारे जानकारी लिँदै […]

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

कालीकोट, १० चैत ।  नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । ‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ बमोजिम आवश्यक सबै सूचक तथा प्रक्रिया पूरा गरेको उल्लेख गर्दै पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको सूचना अधिकारी कालीकोटका  कटक महतले जानकारी दिए । पोषणमैत्री वडा घोषणाका मुख्य सूचकहरू सुनौला हजार […]

डोल्पामा जडीबुटीसहित चार जना पक्राउ

डोल्पा, १० चैत ।  त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर […]

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार 

काठमाडौँ, १० चैत ।  प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् । त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ […]

सेती र कर्णाली नदीमा जलयात्रा उत्सव 

कैलाली, १० चैत ।  सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव सोमबारदेखि सुरु भएको छ । प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको उक्त जलयात्रा सेती नदी हुँदै कर्णाली नदीको चिसापानीसम्म हुनेछ । महोत्सवले जलयात्रा गर्न सुदूरपश्चिम आउने […]

सोह्र प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति 

काठमाडौँ, १० चैत ।  खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा […]

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकारी मृत्यु प्रकरण उजाडियो टोपबहादुरको परिवार 

ओम शाही सुर्खेत, १० चैत ।  गएको २३ फागुनमा सिकार खेल्न निस्किएका बराहताल गाउँपालिका–२, रानिघाटका ३३ वर्षीय टोपबहादुर खत्री मृत भेटिएका छन् । त्यो दिन खत्रीसँगै अन्य पाँच जना जंगली जनावरको सिकार गर्न प्रतिवन्धित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा प्रवेश गरेका थिए । सोही दिन टोबहादुरको मृत्यु भएको थियो । उनीहरुसँगै गएका अन्य साथीहरुले […]

सम्पादकीय : सडक सुरक्षामा गम्भीर वन !

कर्णाली प्रदेशका सडकहरू विकासको प्रतिक बन्नुपर्ने हो, तर पछिल्लो तथ्यांकले ती सडकहरू जोखिमको अर्को नाम बन्दै गएको देखाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुनसम्मको अवधिमा ९५ जनाले ज्यान गुमाउनु र हजारौं घाइते हुनु कुनै सामान्य घटना होइनन् । राज्यको उपेक्षाका कारण दिनानुदिन सडक पूर्वाधार असुरक्षित बन्दै जानु आफैमा दुखद् पक्ष हो । […]

रारा विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

मुगु ,१० चैत । लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएका मुगुवासीका लागि सुखद खबर आएको छ। रारा विमानस्थल (ताल्चा) मा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ। नेपालगञ्जबाट हप्तामा चार पटक,आइतबार, मङ्गलवार, बिहीबार र शुक्रबार—रारा विमानस्थल (ताल्चा) उडान हुने व्यवस्था मिलाइएको छ। साथै, बिहीबारकै दिन सुर्खेतबाट पनि रारा, विमानस्थल (ताल्चा) उडान हुने […]

बड्घर–चौकीदारलाई साईकल वितरण

बाँके,१० चैत । बैजनाथ गाउँपालिकाले थारु समुदायको परम्परागत संरचना र संस्कृतिको संरक्षणमा जोड दिँदै बड्घर र चौकीदारलाई साईकल वितरण गरेको छ ।चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत सोमबार गाउँपालिका कार्यालय रामपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रकाशबहादुर शाहीले साईकल हस्तान्तरण गर्नुभयो । वडा नं. १ देखि ८ सम्मका ३६ टोलका प्रतिनिधि बड्घर तथा चौकीदारलाई […]

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली ,१० चैत । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् । कैलालीको कैलारी गाउँपालिका–७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गरेका छन् […]

बर्दियाका २७ विद्यालय तीनतारे स्तरमा: खानेपानी, सरसफाइ र स्वच्छतामा उल्लेख्य प्रगति

बर्दिया,१० चैत । जिल्लाका २७ वटा विद्यालय तीनतारे स्तरमा पुगेका छन्। नेपाल सरकारले २०७४ सालमा लागू गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिअनुसार ती विद्यालयले आवश्यक मापदण्ड पूरा गरेका हुन्। तीमध्ये २१ विद्यालय औपचारिक रूपमा तीनतारे घोषणा भइसकेका छन् भने ६ विद्यालय घोषणा प्रक्रियामा रहेका छन्। विद्यालय तहमा खानेपानी, सरसफाइ र स्वच्छता सुधार गरी शिक्षाको […]

डोटीमा जिप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

डोटी , १० चैत डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका- ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका कच्ची सडकमा जिप दुर्घटना भएको हो । दुर्घटनामा सोही गाउँपालिका-३ काँडी स्याउले बस्ने २२ वर्षीय जिप चालक सुबोध रोकाया र जिपमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]