डोटीमा जिप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु
डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका- ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका कच्ची सडकमा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा सोही गाउँपालिका-३ काँडी स्याउले बस्ने २२ वर्षीय जिप चालक सुबोध रोकाया र जिपमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट नौ सय मिटर तल खसेको हो ।





