१७ दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको शव भेटियो

बर्दिया  ,९ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा १७ दिनदेखि बेपत्ता रहेका टोपबहादुर खत्रीको शव फेला परेको छ । बराहताल गाउँपालिका–२ रानीघाटका खत्री साथीहरूसँग सिकार खेल्न गएकामा बेपत्ता भएका थिए । ३३ वर्षीय खत्रीसहित बराहताल गाउँपालिका– १ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली, लेकबेँसी नगरपालिका– […]

सरकारी बाइकमै मापसे : जुम्लामा राज्य सम्पत्तिको दुरुपयोग जिम्मेवार को ?

कालिबहादुर परियार जुम्ला ९ चैत । जुम्लामा सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको गम्भीर घटना बाहिर आएको छ । सरकारी नम्बर प्लेट बोकेको बाइक नै मदिरा सेवन (मापसे) अवस्थामा भेटिएपछि राज्य संयन्त्र भित्रको लापरबाही र गैरजिम्मेवारी देखिएको छ । आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियमित मापसे चेकजाँच गर्ने क्रममा क १ ब १८६ नम्बरको सरकारी […]

घुयँत्राे:“सचिव खोज्दा मन्त्री हराए: कर्णालीमा कामभन्दा बहाना बलियो!”

कर्नालि प्रदेशका सामाजिक मन्त्री घनश्याम भण्डारीले पटक्कै काम गर्न नसकेकाे भन्दै हाेटेल र चियाचाैतारीयाँ चाईँ यसअघिनि निकै कुरा हुन्थे । तर हिजाे८ चैतकाे कर्नालि प्रदेश सभामा सामाजिक मन्त्री कामै गर्न नसक्ने निकम्मा भन्ने कुराे पाे आयाे त हँ । सदनमा बाेल्दै माओवादिका कृष्ण जिसिले सामाजिक मन्त्री जस्ताे निकम्मा मन्त्री कर्नालि प्रदेशाँ ऐलेसम्म नभएकाे भन्दै यस्ता […]

गुठिचाैर गाउँपालिकामा सवारी चलाउन पास अनिवार्य

गाेल्डेन बुढा जुम्ला,९ चैत । जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्न कडा नीति अघि सारेको छ। गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले “सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२” पारित गर्दै सबै सवारीका लागि अनिवार्य रूपमा लकबुक भर्नुपर्ने व्यवस्था गरेको हो।यसअघि गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि सुशासन अभियानअन्तर्गत सवारीसाधन सञ्चालनमा रोक […]

आठ महिनाको अवधिमा कर्णालीका सडकमा  गुम्यो ९५ नागरिकको ज्यान, ७५६ गम्भीर घाइते 

ओम शाही सुर्खेत, ९ चैत ।  कर्णाली प्रदेशका सडक पूर्वाधारमा आठ महिनाको अवधिमा ९५ नागरिकले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुन मसान्तसम्म प्रदेशभर सडक दुर्घटनामा परी ९५ जनाले ज्यान गुमाउँदा सात सय ५६ जना गम्भीर घाइते भएका छन् । […]

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ, ९ चैत ।  चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब १३ […]

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर, ९ चैत ।  कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०२५ डिसेम्बर २४ देखि निर्माण सुरु भएकामा हालसम्म चार दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचनाको काम भइरहेको जानकारी दिए । “भारत सरकारको प्राविधिक र […]

एक दिने पोषण मेला सम्पन्न

सुर्खेत, ९ चैत । वीरेन्द्रनगरमा एक दिने पोषण मेला सम्पन्न भएको छ । आइतबार केयर नेपाल र आइडीइ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा सुन्दर नेपाल संस्थाको सहजिकरणमा सञ्चालन भइरहेको पोषण परियोजना अन्तर्गत पोषण मेला सम्पन्न भएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र घुस्रा स्वास्थ्य चौकीसँगको समन्वयमा पोषण मेला आयोजना गरिएको […]

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा 

कालीकोट, ९ चैत । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो । विगतमा दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबारका दिन जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सा सेवा […]

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली,  ९ चैत ।  कैलालीको चुरे गाउँपालिकास्थित  सहजपुर–घरखेडा–निगाली सडकको  स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा […]

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान

कञ्चनपुर, ९ चैत ।  शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो । बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा […]

विश्व पानी दिवस २०२६ः ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’  – डा गङ्गादत्त नेपाल

डा. गङ्गादत्त नेपाल विश्व पानी दिवस संयुक्त राष्ट्रसङ्घले १९९० को दशकबाट मनाउन सुरु गरिएको हो । यस वर्ष सन् २०२६ को नारा ‘जहाँ पानी बग्छः त्यहाँ समानता बढ्छ’ भन्नेछ । संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको यो विषयवस्तुले ‘जहाँ मानिसहरूलाई सुरक्षित पिउने पानी र सरसफाइको मानवअधिकारको अभाव हुन्छ, त्यहाँ असमानता फस्टाउँछ’, जसको कारण महिला र बालिकाहरूले दुःख […]

सम्पादकीय : कर्णालीलाई चिनौं !

छिमेकी भारतका विभिन्न सहरबाट आएका विद्यार्थीहरू जुम्ला पुगेर चिकित्सा शिक्षा हाँसिल गरिरहेका छन् । यो तथ्य आफैंमा एउटा गौरवपूर्ण इतिहास हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अब दुर्गमको पर्याय होइन, सम्भावनाको प्रतीक बन्दै गएको छ । साक्षी गुप्ता, कस्तुरी सिंह र कार्तिकेय मिश्रजस्ता विद्यार्थीहरूको अनुभवले चिकित्सा शिक्षा केवल प्रविधि र पाठ्यपुस्तकमा सीमित छैन भन्ने देखाउँछ […]