आठ महिनाको अवधिमा कर्णालीका सडकमा  गुम्यो ९५ नागरिकको ज्यान, ७५६ गम्भीर घाइते 

ओम शाही

सुर्खेत, ९ चैत । 

कर्णाली प्रदेशका सडक पूर्वाधारमा आठ महिनाको अवधिमा ९५ नागरिकले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुन मसान्तसम्म प्रदेशभर सडक दुर्घटनामा परी ९५ जनाले ज्यान गुमाउँदा सात सय ५६ जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै, आठ सय ८९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ । मृत्यु हुनेमा ६७ पुरुष, १६ महिला, आठ बालक र चार बालिका छन् । गम्भीर घाइते हुनेहरुमा चार सय १९ पुरुष, महिला एक सय ९४, बालक ९३ र बालिका ४७ छन् । प्रहरीको यो तथ्यांकले कर्णालीका सडक पूर्वाधार सुरक्षित हुनुको साटो झनै जोखिमयूक्त बन्दै गएको देखाउँछ ।

तथ्यांकले यस अवधिमा एक हजार ८८ सवारी साधन दुर्घटनाको सिकार बनेका छन् । प्रहरीको तथ्यांक अनुसार साउन महिनामा प्रदेशभर एक सय १९ सवारी दुर्घटना हुँदा १० पुरुष, दुई महिला, एक बालिका गरी १३ जनाले ज्यान गुमाएका छन् । ९९ गम्भीर र एक सय १३ जना सामान्य घाइते भएका छन् ।

त्यस्तै, भदौ महिनमा ९१ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा तीन पुरुष, एक महिला, एक पुरुष गरी पाँच जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीको तथ्यांक अनुसार असोज महिनामा एक सय १६ सवारी दुर्घटनामा पर्दा आठ पुरुष, चार महिला, तीन बालक र एक बालिका गरी १६ जनाको मृत्यु भएको छ । यो महिनामा एक सय १३ जना गम्भीर एक सय ४१ सामान्य घाइते भएका छन् ।

त्यस्तै, कार्तिक महिनामा एक सय ६४ सवारी साधन दुर्घटनामा परेका छन् । जसबाट नौ पुरुष, तीन महिला, दुई बालक र तीन बालिका गरी १७ जनाले ज्यान गुमाएका छन् । कार्तिक महिनामा सवारी दुर्घटनामा परी एक सय ३२ गम्भीर र ९८ जना सामान्य घाइते भएका छन् । मंसिर महिनामा एक सय ७९ सवारी दुर्घटना हुँदा नौ पुरुष, एक महिला, एक बालक गरी ११ जनाले ज्यान गुमाएका छन् भने ८९ जना गम्भीर र एक सय ५६ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

त्यस्तै, पुस महिनामा प्रदेशभर एक सय ४३ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा परी नौ पुरुष, दुई महिला गरी ११ जनाको मृत्यु हुँदा एक सय एक गम्भीर र ८५ सामान्य घाइते भएका छन् । माघ महिनामा एक सय ४५ सवारी दुर्घटनामा पर्दा १२ पुरुष र दुई महिला गरी १४ जनाले ज्यान गुमाएका छन् । यो महिनामा ७३ गम्भीर र एक सय २७ जना सामान्य घाइते भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार फागुन महिनामा प्रदेशभर ९३ सडक दुर्घटना भएका छन् । जसमा एक सय ३१ सवारी साधन दुर्घटनामा परेका छन् । यी दुर्घटनाबाट सात पुरुष र एक महिलाको मृत्यु भएको छ । यस्तै, ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका गरी एक सय ६० जना घाइते भएका छन् । घाइते मध्ये ६४ गम्भीर र ९६ सामान्य घाइते भएका छन् । प्रहरीको विश्लेषण अनुसार सबैभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिन्छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक हरिबहादुर बिसीका अनुसार चालकको लापरवाहीका कारण बढी सडक दुर्घटना भएका छन् ।

दुर्घटनाको प्रकृति र कारणलाई विश्लेषण गर्दा मानवीय लापरबाही र तीव्र गति नै मुख्य दोषी देखिएका छन् । तथ्यांक अनुसार कुल दुर्घटनामध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् चार सय ४७ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन् । यस्तै, चालकको अन्य लापरबाहीका कारण ८८ वटा र जथाभावी ओभरटेक गर्दा १६ वटा दुर्घटना भएका छन् ।

रोचक र डरलाग्दो तथ्य के छ भने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा ३३ वटा दुर्घटना भएका छन् भने मोबाइल फोनको प्रयोगका कारण ३ वटा दुर्घटना भएको प्रहरीको अभिलेख छ । यी घटनाहरु रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर लगायत भित्री सडक खण्डमा घटेका हुन् ।

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले प्रयास गरिरहेको भएपनि मापदण्ड नपुगेका सडक, अटेरी चालक र यातायात व्यवसायी, सवारीको यान्त्रिक गढबढी तथा कतिपय अवस्थामा यात्रुका कारण सडक सुरक्षाको पाटो चुनौतीपूर्ण बन्दै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछन् ।

यस्तो छ गत वर्षको तथ्यांक

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा कर्णाली प्रदेशमा गत वर्ष २०८१ मा ६ सय २२ सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ९० जनाले ज्यान गुमाउदा एक हजार तीन सय २१ जना घाइते भएका छन् ।

महिनागत तथ्यांकअनुसार साउनमा ९०, भदौमा ८६, असोजमा एक सय नौ, कात्तिकमा ७७, मंसिरमा ६६, पुसमा ६०, माघमा ४७, फागुनमा महिनामा ७८ सडक दुर्घटना भएका छन् । सडक दुर्घटनमा परी साउन महिनामा पाँचको मृत्यु हुँदा एक सय ७६ घाइते भएका छन् । यस्तै, भदौ महिनामा ११ को मृत्यु एक सय ८१ घाइते, असोज महिनामा नौ को मृत्यु एक सय ८३ घाइते, कात्तिक महिनामा २५ को मृत्यु दुई सय ४० घाइते, मंसिर महिनामा १५ को मृत्यु एक सय ७६ घाइते भएको तथ्यांक प्रहरीसँग छ ।

पुस महिनामा पाँचको मृत्यु हुँदा ९५ जना घाइते, माघ महिनामा १३ को मृत्यु एक सय ३३ घाइते, फागुन महिनामा सातको मृत्यु एक सय ४६ घाइते भएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक छ । गत वर्ष पनि चालकको लापर्वाहीले चार सय ६२ सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । चालकको लापर्वाहीअन्तर्गत तीव्र गतिका कारण तीन सय ७७ सवारी दुर्घटना भएका छन् ।

आठ महिनाको अवधिमा कर्णालीका सडकमा   गुम्यो ९५ नागरिकको ज्यान, ७५६ गम्भीर घाइते 

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

आठ महिनाको अवधिमा कर्णालीका सडकमा   गुम्यो ९५ नागरिकको ज्यान, ७५६ गम्भीर घाइते 

गुठिचाैर गाउँपालिकामा सवारी चलाउन पास अनिवार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *