घुयँत्राे:“सचिव खोज्दा मन्त्री हराए: कर्णालीमा कामभन्दा बहाना बलियो!”

कर्नालि प्रदेशका सामाजिक मन्त्री घनश्याम भण्डारीले पटक्कै काम गर्न नसकेकाे भन्दै हाेटेल र चियाचाैतारीयाँ चाईँ यसअघिनि निकै कुरा हुन्थे । तर हिजाे८ चैतकाे कर्नालि प्रदेश सभामा सामाजिक मन्त्री कामै गर्न नसक्ने निकम्मा भन्ने कुराे पाे आयाे त हँ । सदनमा बाेल्दै माओवादिका कृष्ण जिसिले सामाजिक मन्त्री जस्ताे निकम्मा मन्त्री कर्नालि प्रदेशाँ ऐलेसम्म नभएकाे भन्दै यस्ता काम गर्न नसक्ने अयाेग्य मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्ने भनेरपाे कुराे आयाे त हँ । सामाजिक मन्त्री घनश्याम ज्यु यसअघि दुल्लुकाे मेयर हुँदा त खुब नाम कमाउनु भा जस्ताे मानिन्नथ्याे त ! तर मन्त्री भएछि ती जाेशजाँगर सबै खलाँस भएछन कि मन्त्री भएर कर्मचारी चलाउन नसक्दा याे दुर्दशा निम्त्याहाे । हुन त सामाजिक मन्त्रीले मुख्यमन्त्रीकाे मान्छेलाई कर्नालि प्रदेश खेलकुद सचिव नियुक्त गर्न नदेर जम्मै अडङ्गा थाप्याे भनेर निकै खल्लि भा पनिथ्याे कि त्यै मुख्यमन्त्रीकाे मान्छे नियुक्त गर्देन भनेर मुख्यमन्त्रीले राजीनामा माग्नु पर्ने ठाँ माओवादिका माननीय जिसिले राजीनामा माग्या हुन । हुन पनि सामाजिक विकास मन्त्रीले याैटा जाबाे सदस्य सचिवनै नियुक्त नगर्देर तीनतीन पटक राष्ट्रिय खेलकुद सुर्खेताँ गर्नि भनेर स्टेडियम समेत बनाएर संघका मन्त्रीहरु बारम्बार आएर मितिनै ताेकेर छाेडदानि खेलकुद सचिव नियुक्त गर्न नसकेछि मन्त्री निकम्मा त निकम्मै त हुन त । आफ्नो मन्त्रालय अन्तरगतकाे सचिव नियुक्त गर्ने जिम्मा त सामाजिक विकास मन्त्री कै हाे नि । नत कर्मचारी सरुवा गरेर काम लाउन सक्ने नत अस्पतालकाे राम्रो ब्यवस्थापन गर्न सक्ने जताततै बेथितिनै बेथिति जन्म्या देखेर त हाेला विपक्षिहरले नि राजिनामा माग्या । कर्नालि प्रदेश अस्पतालकाे समेत स्तरवृध्दि अर्थात टिचिङ्ग हस्पिटल बनाउन खाेजेकाेमा केन्द्रमा आफ्नै दलकाे गठबन्धनकाे सरकनर हुँदासमेत केही नगरेर सुतेका मन्त्री अब केन्द्रमा रास्वपाकाे सरकार भएछि प्रदेश अस्पतालकाे स्तर बृध्दिकाे खेलले नि हावा खायाे हाेला क्यारे । चुनाबमा बढारिएकाे काँग्रेसकाे कर्नालियाँ अब कुनै अस्थित्व छैन भनेर त हाेला माओवादि माननीय जिसिले काँग्रेसीमन्त्रीलाई सदन भित्रै डाेज पुग्ने गरि दिए । अब सायद याे खेलपछि मुख्यमन्त्री कँडेलाई सामाजिक विकास मन्त्रीलाई निकाल्ने अबसरपनि मिल्ने हाेला । त्यसै त मुख्यमन्त्रीकाे मान्छेलाई खेलकुद सचिब नबनाईदेर सामाजिक मन्त्रीले मुख्यमन्त्रीकाे निद हराम गरणद्याछन । सायद मुख्यमन्त्री करारकाे अबधिनि अब त्यत्त्तिलामाे नहाेला । याैटा जाबाे सचिबै नियुक्त गर्न नसकेर मुख्यमन्त्रीयाट निस्केर जान पर्याे भने कार्यकर्ताले बसीखान देलान त ? त्यसै त एमाले भित्र यताका झाेले उता,उताका झाेले यता गर्याछन । अँझ भएन भनेर वीरेन्द्रको ४ नं जस्ताे लाल किल्लाँ घण्टीले झण्डा गाडदेछि मुख्यमन्त्री ज्युकाे त्यसै साताे गाछ । तर आईतबारकाे सदनाँ माओवादीका नेताले मुख्यमन्त्रीलाई याैटा अबसर त जुटाईद्याछन सामाजिक मन्त्रीलाई हटाएर आफ्नो भन्या मन्त्री नियुक्त गर्ने र रातारात कर्नालि खेलकुद सचिव नियुक्त गर्ने , हेरम् मुख्यमन्त्री कत्तिकाे हुति भका छन ।

नातावाद,झाेलेवाद र भाईभतिजा वाद चलिरा बेलाँ नि आफ्नो पालाँ आँफैले चा काे मान्छे खेलकुद सचिव बनाउन सकेनन भने मुख्यमन्त्री भा के काम लायाे तनि ! कर्नालिका सबैभन्दा कडानेता भनेर चिनियका यामलाल कँडेल जस्ताे नेतालाई त याे सामाजिक मन्त्रीले हम्मे हम्मे बनाईदेछ भने अरु मुख्यमन्त्री भा भए थाेडि छाेडथे घनश्यामजिले ! त्यसैले मुख्यमन्त्री ज्यु माओवादिहरु समेत तपाईंको समर्थनमा भा बेलाँ नि गर्न सक्नु भएन भने कैले गर्न सक्नु हुन्छ । यै हाे माैका हानिहालम् । नत्र पछुताउनु पर्ला ।
“बिरसिक्का”

घुयँत्राे:“सचिव खोज्दा मन्त्री हराए: कर्णालीमा कामभन्दा बहाना बलियो!”

गुठिचाैर गाउँपालिकामा सवारी चलाउन पास अनिवार्य

घुयँत्राे:“सचिव खोज्दा मन्त्री हराए: कर्णालीमा कामभन्दा बहाना बलियो!”

सरकारी बाइकमै मापसे : जुम्लामा राज्य सम्पत्तिको

Leave a comment

Your email address will not be published. Required fields are marked *