मुख्यमन्त्री आचार्यद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै समवेदना व्यक्त

काठमाडौं ,७ चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

शनिबार मुख्यमन्त्री आचार्य ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, नेकपा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री आचार्यद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै समवेदना व्यक्त

घुयँत्राे:“तेल महँगो भयो भन्दै कराउने, जागिर जोगाउन

मुख्यमन्त्री आचार्यद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै समवेदना व्यक्त

कर्णाली प्रदेशसभाबाट पहिलोपटक संकल्प प्रस्ताव पारित

Leave a comment

Your email address will not be published. Required fields are marked *