घुयँत्राे:“तेल महँगो भयो भन्दै कराउने, जागिर जोगाउन सडक धाउने!”

एमालेकाे याैटा गुठ तेलकाे मूल्यवृद्धि किन गरिस भनेर आँखा चिम्म गरेर सरकारलाई गाली गर्दैछ अर्काे गुठ नयाँ सरकार बनाउने पाटिले कर्मचारीहरुकाे ट्रेड युनियन खारेज गर्ने गरि घाेषणा पत्र ल्याएकाेले एमाले कर्मचारीहरु यसैलाई निहु बनाएर सडकमा जाने तयारी गर्दैछन । जुनदिन घण्टीकाे सरकारले ट्रेडयुनियन खारेजकाे घण्टी बजाउँछ त्यै दिनदेखि यिनिहरु सडकमा जान्छन । उनिहरुकाे याे निर्णयनै सरकारका लागि कर्मचारी फाल्न र संगठन खारेज गर्न सहयाेगि बन्नेछ । यश अघि जसरी कर्मचारीहरुले आँफुलाई दलकाे मसिहा सम्झेर आन्दोलन गरेर र हुतिहारा सरकारले यिनिहरुलाई मनपरि गर्न दियाे त्यै साेच ऐले पनि राखिएकाेछ । तर साँच्चिकै सरकारले देश र जनतालाई केही गर्ने अठाेट लिएर अघि कढन खाेजेकाे हाे भने सरकार कर्मचारी मनथि निर्मम तरिकाले पेश हुनु पर्दछ । यिनिहरुले साेचेका हाेलान हामी बेगर दैनिक प्रशासन चल्दैन भनेर तर खुर्सानी वेगर भतेर अडकिन्न भन्ने हाम्राे गाउँघरमा चल्ने उखान पनि यिनले राम्ररी बुझेका हाेलान । त्यसैले शुध्द कर्मचारी संयन्त्र निर्माण गर्न याे सरकार कम्मर कसेर लाग्नु पर्छ । यिनिहरु पदबाट गएपनि यिनी भन्दा राम्रो काम गर्ने जनशक्ति बेराेजगार रहेर कुरेर बसीरहेकाे छ ।त्यसैले सरकारले खुट्टा कमाउन जरुरी छैन । रास्वपा पाटि भनेकाे कर्मचारी संगठन र विद्यार्थी संगठन अनि दलिय संगठन पाल्ने पाटि हैन त्यसैले पनि कर्मचारी संगठनहरु फाल्न कुनै गाह्राे छैन । सरकारलाई असहयोग गर्ने र दलका झाेले कर्मचारी राखेर देशमा सुशासन कायम हुन सक्दैन । सुशासनका बाधक भनेकै यिनै कर्मचारी हुन त्यसैले चाहे त्याे खर्दार हाेस वा सचिव ,अटेर गर्ने र काईते तर्क गर्नेहरु एक एकलाई अबकास गर्न सकियाे भने मात्रै देशमा स्वच्छ प्रशासन सन्चालन गर्न सकिन्छ । ३५ बर्षदेखि याे देश बन्न नदिएकाे भनेकै कर्मचारीले हाे । जब देशमा गिरिजाले devide & rule काे निती लिएर आफ्नो शासनलाई लम्ब्याउन सकिन्छ भन्ने धारणा बाट नेपालका कर्मचारीहरुलाई संगठन खाेल्ने हकका नाममा दलैपिच्छे कर्मचारी संगठन बनाउन दिए तबदेखि बर्सेनि दलै पिच्छे बन्ने सरकारले आआफ्ना कर्मचारीका संगठनका मनन्छेहरुलाई मन परि गर्न दिनुकाे परिणाम स्वरुप भष्टाचार बढदै गयाे अनि कर्मचारी पनि जति भष्टाचार बढ्याे त्यति बलियाे हुँदै गए अन्तत ३६ बर्षकाे अबधिमा देशले भष्टाचारी र बेथिति बाहेक केही पाउन सकेन । त्यसकै फलस्वरुप गएकाे निर्बाचनमा ती भष्टाचारी दलहरुलाई जनताले धुलाे चटाई दिएर अब शासन गरणन नयँ दल आई पुगेकाेछ । नयाँ सरकारलाई असफल बनाउन पुराना दलका तिनै वलि र थापाका कर्मचारीले पर्यत्न गर्न सक्छन् । त्यसैले अबकाे सरकारले देशलाई समृद्ध बनाउने हाे भने समृद्धिका बाधक जे जे छन तिनलाई निमिट्यान्न पारेर जानू पर्दछ । यसका लागि एक पटक कम्मर कसीसकेपछि याे या त्याे का नाममा विश्राम लिन थालियाे भने त्याे घातक हुन सक्दछ ।यसकारण पनि मेराे या तेराे भन्ने नहेरिकन देशका लागि घातक कर्मचारी तन्त्रमा परिवर्तन गर्न सकियाे भने यसले सबै चिज बन्छ हैन भने दुई तिहाईका नाममा ५ बर्षसम्म घण्टी बजाउने बाहेक अरु केही काम हुने छैन । चेतना भया ।






