यसवर्ष एसईईमा कर्णालीबाट ३८ हजार बढी विद्यार्थी सहभागी हुदै

गाेल्डेन बुढा जुम्ला,६ चैत । कर्णाली प्रदेशका दश जिल्लाका १ सय ६१ परीक्षा केन्द्रबाट यही चैत १९ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कुल ३८ हजार ३ सय ७९ विद्यार्थी सहभागी हुने भएका छन्।नियमिततर्फ ३२ हजार २ सय ५५ र ग्रेड वृद्धितर्फ ६ हजार १ सय २४ गरी कुल जम्मा ३८ हजार […]

सम्पाकीय : अनुसन्धानमा ढिलाई किन ?

सुर्खेतको वीरेन्द्रनगरमा २३ फागुनमा भएको १६ वर्षीया इनिशा विकको रहस्यमय मृत्युले केवल एउटा परिवारलाई मात्र होइन, समग्र समाजलाई झस्काइरहेको छ । विद्यालय जाने भन्दै घरबाट निस्किएकी एक किशोरीको शव जंगलमा अचेत अवस्थामा भेटिनु, त्यसपछि बलात्कार र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रारम्भिक निष्कर्ष आउनु, र अहिले पनि अनुसन्धान अपूर्ण रहनु—यी सबै तथ्यहरूले गम्भीर प्रश्नहरू उठाएका […]

वित्तिय साक्षरता सचेतना कार्यक्रम

सुर्खेत, ६ चैत । विद्यार्थी लक्षित वित्तिय शिक्षा, साक्षरता, सचेतना अभिवृद्धि कार्यक्रम विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय सुर्खेतका आयोजनामा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । ग्लोबल मनि सप्ताहका अवसरमा सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वीरेन्द्रनगरका श्रीकृष्ण संस्कृति उच्च मावि इत्राम, भैरव उच्च मावि, एसओएस हर्मन माईनर, […]

घुयँत्राे:“आयोगको रिपोर्ट: पढ्न नपाइने गोप्य कथा, खर्च चाहिँ सार्वजनिक!”

हैन ! रातारात गठन गर्या गाैरी बहादुर कार्कि आयाेगकाे प्रतिवेदन काँ थन्क्यायाे के सरकारले । भदाै २३/२४ काे जेनजी आन्दोलनाँ भाकाे विध्वंस र ७६ जनकाे ज्यान जाने गरि भाकाे घटनाका दाेषि पत्तालाउन र तिनलाई कार्वाही गर्न भनेर आयाेग गठन गर्ने अनि आयाेगले दे काे प्रतिवेदनाँ के लेखियाछ भनेर जान्नै नपाउने हाे भनेत यस्ताे आयाेग गठन […]

जुम्लामा ढिस्कोले पुरेर महिलाको मृत्यु

गोल्डेन बुढा जुम्ला ,५ चैत । सामान्य दैनिकीको काम, घर लिप्न माटो खन्ने प्रयास, एकैछिनमै ज्यानलिने दुर्घटनामा बदलिएको छ। जुम्लाको चन्दननाथ नगरपालिका–९ मा बिहीबार बिहान भएको ढिस्को खस्ने घटनामा ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाले ज्यान गुमाएकी छन्।उठिले नजिकै ११ बजेतिर दुई महिला माटो खन्न व्यस्त थिए। त्यही बेला माथिबाट अचानक खसेको ठूलो माटोको ढिस्कोले उनीहरूलाई पुरेको […]

जुम्लामा प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयकाे अवलोकन

काली बहादुर परियार जुम्ला,५ चैत । कर्णालीको विकट भूगोलमै प्रधानमन्त्रीको अप्रत्याशित उपस्थिति देखिँदा जुम्ला यतिबेला राजनीतिक र शैक्षिक रूपमा एकाएक चर्चामा आएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विहिबार जुम्ला स्थित ऐतिहासिक कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्दै यहाँको सम्भावना र समस्यालाई नजिकबाट नियालेकी छन् । जुम्ला पुगेकी प्रधानमन्त्री कार्की सुर्खेत बाट रारा ताल हुँदै जुम्ला आइपुगेकी […]

कर्णाली प्रदेशसभा बैठक

सुर्खेत,५ चैत । झण्डै साढे एक महिनापछि कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्न लागेको हो । माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । झण्डै […]

मुगु पुगिन् प्रधानमन्त्री कार्की

सुर्खेत ,५ चैत। प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छिन् । उनी बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री […]

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण 

नेपालगञ्ज, ५ चैत ।  बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो । वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो । खास गरी शम्शेरगञ्ज क्षेत्रका लागि १२ […]

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौँ, ५ चैत ।  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । उनले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक […]

नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव

सुर्खेत, ५ चैत ।  कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा बुधबार आयोजित एसइई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकाले गुणस्तरीयता प्रमुख आधार भएको जिकिर गरे । यसका लागि विद्यालय शिक्षा […]

पालिका स्तरीय समन्वयात्मक बैठक 

सुर्खेत, ५ चैत । चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्याक नेपालको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखा, वडा तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा समाज जागरण केन्द्र स्याक नेपाल चौकुनेका संयोजक गणेश बि.क. ले कार्यक्रमको मुख्य उद्देश्य प्रस्तुत […]

बराहतालमा परम्परागत मान्यताका  कारण कुपोषण अन्त्यमा चुनौती

सुर्खेत, ५ चैत ।  बराहताल गाउँपालिकामा परम्परागत तथा हानिकारक सामाजिक मान्यताका कारण कुपोषण अन्त्य गर्न अझै चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । बुधबार सुन्दर नेपाल संस्थाले सञ्चालन गरिरहेको पोषण परियोजना अन्तर्गत धार्मिक अगुवा तथा सामुदायिक नेताहरूसँग आयोजित सामाजिक मान्यता र अभ्यास सम्बन्धी छलफल कार्यक्रममा यस्तो तत्थ सार्वजनिक भएको हो । कार्यक्रममा धार्मिक अगुवा खड्कबहादुर कार्कीले […]