कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली, ५ चैत ।  कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो । कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब सात करोड […]

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके, ५ चैत ।  नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ । स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति […]

अझै टुङ्गिएन इनिशा विक  मृत्यु प्रकरणको अनुसन्धान

ओम शाही सुर्खेत, ५ चैत ।  गएको २३ फागुनमा रहस्यमय तवरबाट मृत्यु भएकी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, की इनिशा विक प्रकरणको प्रहरी अनुसन्धान अझै सकिएको छैन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वीरेन्द्रनगर–१, स्थायी ठेगाना भएकी १६ वर्षीया इनिशाको बलात्कारपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको […]

रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने

ललितपुर, ५ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताएका छन् । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशन […]

सम्पादकीय : भेरी लिफ्टमा विलम्ब नहोस् !

वीरेन्द्रनगर आज कर्णाली प्रदेशको राजधानी हो । तर राजधानीको पहिचानसँग मेल खाने आधारभूत सेवा अझै सुनिश्चित हुन सकेको छैन । खानेपानीजस्तो आधारभूत आवश्यकता नै अनियमित हुँदा नागरिकले जारको पानी किनेर जीवन धान्नुपर्ने अवस्था आफैंमा विडम्बनापूर्ण छ । धारामा पानी आउने समय थाहा नहुने शहरलाई आधुनिक शहरीकरणको उदाहरण भन्न मिल्दैन । यस्तो परिस्थितिमा भेरी लिफ्ट खानेपानी […]

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ, ४ चैत (रासस/एएफपी) । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ । बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने मौनता अपनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी […]

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

कोलम्बो, ४ चैत (रासस/एएफपी) । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा […]

इरबिलमा विस्फोट, तनाव बढ्दै

इरबिल (इराक), ४ चैत (रासस/एएफपी) । मध्यपूर्वमा चर्किँदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको सङ्केतका रूपमा कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटको आवाज सुनिएको छ । घटनाले क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ । एएफपीका पत्रकारहरूका अनुसार सहरका विभिन्न भागबाट विस्फोटको आवाज सुनिएको हो, तर आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको […]

अष्ट्रेलिया–युरोप व्यापार वार्ताः समझदारी नजिक

सिड्नी, ४ चैत (रासस/सिन्ह्वा) । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन देर लेयेन आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लागेकी छिन्, जसले लामो समयदेखि जारी वार्तापछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न हुने आशा बढाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले मार्च २४ मा क्यानबेरामा उहाँसँग औपचारिक भेट गर्ने निश्चित भएको जानकारी दिनुभएको छ । भ्रमणको क्रममा भोन देर […]

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

बुएनोस आयर्स, ४ चैत (रासस/सिन्ह्वा) । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ । उहाँका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो । भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू […]

इरान–इजरायल द्वन्द्व तीव्र, इरानले जवाफस्वरूप मिसाइल प्रहार

दुबई, ४ चैत (रासस/एपी) । इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ । इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । यस आक्रमणमा रामत […]

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र

न्यूयोर्क, ४ चैत (रासस/सिन्ह्वा) । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको सङ्ख्या नयाँ रेकर्डमा पुग्न सक्ने जनाएको छ । द्वन्द्व लम्बिँदै गएमा थप करिब ४ करोड ५० लाख मानिस […]

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

यरुशलम, ४ चैत (रासस/सिन्ह्वा) । इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ । इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजा क्षेत्रमा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबार गरिएको आक्रमणमा मारिएका हुन् । उहाँ नौसैनिक बलको सञ्चालन, […]