तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ, ४ चैत ।  चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका […]

सम्पादकीय : दोषि उम्कन नपाउँन !

गएको २३ फागुनमा सुर्खेतका ६ व्यक्ति जंगली वन्यजन्तुको सिकार गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरे । उनीहरु सुरक्षा निकाय प्रतिनिधिसभा निर्वाचनमा होमिएको समयमा सिकार खेल्न निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए । कानुनले कुनै पनि वन्यजन्तुको सिकार गर्नुलाई अपराध मान्दछ । प्रकृत्ति अनुसार यस्तो कार्यमा संलग्नहरुलाई जेल सजायसमेत हुन्छ । तर उनीहरु कानुनको उल्लघंन गरी निकुञ्जमा […]

अचार बिक्री गरेर मासिक रु २५ हजार बढी आम्दानी 

दाङ, ४ चैत । लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उनले अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएका छन् । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उहाँ बताउँछन । आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि […]

जुम्लामा एसईई परीक्षार्थी ४२६ ले घटे: १४ परीक्षा केन्द्र निर्धारण

गाेल्डेन बुढा जुम्ला,३ चैत । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार सहभागीमध्ये २ हजार १ सय ३३ जना नियमिततर्फ र १ सय २२ जना ग्रेडवृद्धितर्फका छन्।गत वर्षको […]

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकारी हराएको प्रकरण : १० दिन अघि नै मारिएका थिए टोपबहादुर

ओम शाही सुर्खेत, ३ चैत । २३ फागुनमा सुर्खेतका ६ जना व्यक्ति सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरे । जिल्लाको बराहताल गाउँपालिका–१, का पाँच र लेकवेशी नगरपारिकाल–८, का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दुरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए । […]

डोल्पामा बोलेरो दुर्घटना : चालकको मृत्यु

गाेल्डेन बुढा  जुम्ला ,३ चैत । कर्णालीको दुर्गम भुभाग डाेल्पाकाे मुड्केचुला गाउँपालिका–३, काङ्ग्रे खोलामा सवारी दुर्घटनाले एक युवा जीवनलाई अचानक आफ्नो गर्तमा खसाल्यो।मंगलबार साँझ करिब ५:१८ बजे ईल (खर्क) बाट त्रिवेणी तर्फ जाँदै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भई करिब ३०–४० मिटर तल खस्दा चालक सल्मान रोकाया (२३) को घटनास्थलमै मृत्यु […]

घुयँत्राे:“राजनीति कि जादु? ५७ बुँदाले सबै समस्या एकैचोटि गायब!”

(गताङ्ककाे बाँकी ) ४८- हालकाे युध्दकाे अबस्थाले गर्दा अत्यधिक मूल्य बृध्दि भै रहेकाेले यसलाई राेक्न आबस्यक कदम चाल्ने र मूल्य नियन्त्रण गर्ने । ४९ नेपालका निजि बैंकहरुले लाेन दिँदा सम्झाैतामा गरिएकाे ब्याजकाे प्रतिसत २ मैना नपुग्दै बृध्दि गर्दै लगि ऋणिकाे ढाड सेक्ने प्रवृत्तिका कारण कुनैपनि व्यापारी,किसान,उद्याेगिहरु बैंकसित काराेबार गर्न रुचाउँदैनन त्यसैले बैंकहरुसित बसी सहजरुपमा ऋण […]

‘केपीएल’ क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबलाई

बाँके ,३ चैत । कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसी) ले उचालेको छ । सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबलाई सुपर(ओभरमा हराउँदै युभिसिसीले प्रतियोगिताको उपाधि उचालेको हो । न्यू होराइजनले टस जितेर पहिला बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित […]

पातारासीमा जीप पल्टिँदा ८ जना घाइते

गाेल्डेन बुढा जुम्ला,३ चैत। जुम्लाको पातारासी गाउँपालिका–१ माथाचौरमा मंगलबार राति भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्। जुम्ला बजारबाट पातारासी–१ स्थित गडिगाउँतर्फ जाँदै गरेको भे १ ख ४००८ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल पल्टिँदा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब १० बजे भएको उक्त दुर्घटनामा पातारासी गाउँपालिका–१ […]

बाजुराको उच्च भेगमा वर्षात्‌संगै हिमपात हुँदा किसान खुसी

बाजुरा,३ चैत ।  यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।  वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ […]

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर, ३ चैत ।  व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका […]

कर्णालीबाट छानिए चार  महिलासहित पाँच समानुपातिक सांसद

सुर्खेत, ३ चैत ।  कर्णाली प्रदेशबाट प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ चार महिलासहित पाँच जना सांसद सिफारिस भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक/एक जनालाई समानुपातिक सांसद बनाएका हुन् । निर्वाचन आयोगमा सिफारिसमा परेका पाँच मध्ये एक पुरुष र चार महिला छन् । प्रत्यक्षमा एक […]

आमाको शव फेला, दुई नाबालक सन्तानको अवस्था अज्ञात

सुर्खेत, ३ चैत । दुई नाबालक सन्तान सहित भेरी नदीमा हामफालेकी आशंका गरिएकी आमाको शव फेला परेको छ । दुई सन्ताको अवस्था भने अझै अज्ञात छ । सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शव सोमबार बेलुकी नदीमा फेला परेको हो । उनका दुई सन्तानहरू ११ वर्षीया छोरी र ५ वर्षीय छोराको अवस्था अझै […]