लक्ष्यभन्दा बढी औषधि पसल अनुगमन : १४ पसल निलम्बन, १४ मुद्दा अदालतमा

बाँके ,२ चैत । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनासम्म ४४१ वटा औषधि पसलको अनुगमन तथा निरीक्षण गरेको छ। कार्यालयले ४०० औषधि पसल अनुगमन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यभन्दा बढी अर्थात करिब ११० प्रतिशत अनुगमन सम्पन्न गरिएको जनाएको छ। अनुगमनका क्रममा विभिन्न किसिमका अनियमितता फेला परेपछि १४ […]

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो 

म्याग्दी, २ चैत ।  बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० […]

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै 

दाङ, २ चैत ।  घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ । घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउनेगरी […]

दृष्टि दोष पहिचान गर्न ‘विद्यालय आँखा जाँच’ कार्यक्रम

कञ्चनपुर, २ चैत ।  विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको […]

‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही’

कालीकोट, २ चैत ।  जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति र मूल्यमा प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो । प्रशासनले पेट्रोलियम पदार्थ […]

सिमकोटमा खानेपानीको अभाव

हुम्ला, २ चैत ।  जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् । सिमकोट गाउँपालिका–४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको […]

आठ महिनाको विकास खर्च १९ प्रतिशत 

काठमाडौँ, २ चैत ।  चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्षका लागि सङ्घीय सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएकामा फागुन मसान्तसम्ममा रु नौ खर्ब २६ अर्ब ५८ करोड […]

प्रथाजनित हानिकारक  सोचले अझै हटेन छाउ बार्ने प्रथा

दिनेश बुढा  सुर्खेत, २ चैत ।  कर्णाली प्रदेशमा अझै पनि प्रथाजनित हानिकारक सोचका कारण छाउपढी प्रथा हट्न नसकेको पाइएको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको छाउपढी सम्बन्धिको एक कार्यशालाका सहभागिहरुले महिनावारीको समयमा घरभित्र पस्दा देउता रिसाउछन् भन्ने मनोविज्ञान हटाउन सकेका छैनन् । आठबीस नगरपालिका–१, सातलाका अधिकारी देवताका धामी तेजबहादुर विकले महिनावारी भएका महिलालाई घरमा राख्दा […]

अन्तर्वार्ता :  पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन : प्रधानमन्त्री कार्की

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एक प्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा […]

सम्पादकीय : बजार अनुगमनलाई प्रभावकारी बनाऊ !

केही दिनयता वीरेन्द्रनगरमा आधिकारिक ग्याँस विक्रेता डिलरमा उपभोक्ताको बाक्लो भीड लागिरहेको छ । कारण हो, मध्यपूर्वी देशमा चर्किएको युद्ध । अमेरिका र इजरायलले सुरु गरेको इरानविरुद्धको युद्धको चर्को मूल्य अमेरिका र इजरायलसँगै सिंगो पश्चिम एसिया र विश्वले चुकाउनु परिरहेको छ । आपूर्ति शृंखलामा अवरोध उत्पन्न भएसँगै नेपालमा यतिबेला आधा सिलिन्डर ग्याँस बिक्री सुरु भएको छ […]

जुम्लामा मौरीपालनतर्फ किसानको आकर्षण, तर संरक्षण नीति छैन

गाेल्डेेन बुढा जुम्ला ,१ चैत । जुम्लामा पछिल्ला वर्षहरूमा मौरीपालन किसानका लागि आम्दानीको महत्वपूर्ण आधार बन्दै गएको छ। सीमित खेतीयोग्य जमिन, कमजोर औद्योगिक अवसर र रोजगारीको अभावबीच ग्रामीण किसानहरूले मौरीपालनलाई वैकल्पिक आयस्रोतका रूपमा अंगाल्न थालेका छन्। महको मूल्य निरन्तर बढ्दै जाँदा किसानहरूमा यो व्यवसायप्रति आकर्षण बढिरहेको छ।अहिले जुम्लामै महको मूल्य प्रतिकेजी २ हजार ५ सय […]

खर काट्न निकुञ्ज गएका ६२ वर्षीय ओली मृत फेला

बर्दिया ,१ चैत । बर्दिया राष्ट्रिय निकुञ्जभित्र खरखडाइका लागि गएका एक व्यक्ति मृत अवस्थामा फेला पर्नुभएको छ। बाँसगढी नगरपालिका–८, अस्नेरीका ६२ वर्षीय प्रेमबहादुर ओली निकुञ्जभित्र मृत फेला परेको प्रहरीले जनाएको छ। ओली फागुन २५ गते खर काट्न निकुञ्जभित्र गएका थिए। त्यसपछि घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो। प्रहरी, निकुञ्ज कर्मचारी र स्थानीयवासीको टोलीले फागुन […]

घुयँत्राे:“बालेन सरकारको ४७ सूत्रे योजना : रकेट होइन, कागजमै देश उडाउने सपना !”

ऐलेकाे बालेन सरकारले निम्न कुराहरुलाई सिलसिलेबार रुपमा कार्यान्वयनमा लग्ने प्रण गर्दै अघि बढ्याे भने देशलाई हिंसामा धकेल्ने रकेट , फाईटर विमान, बम,छेप्यास्त्र र अणुबम बनाउनमा अघि नदेखिएला तर जनतालाई बिस्तारै समृद्धिकाे बाटोमा हिँडाउँदै देशकाे हित र उन्नतिमा अवस्य अघि बढदै जानेछ । त्यसैले यी कामहरु प्राथमिकताका आधारमा गर्नै पर्ने देखिन्छ । २८ – संविधान संसाेधन […]