घुयँत्राे:“बालेन सरकारको ४७ सूत्रे योजना : रकेट होइन, कागजमै देश उडाउने सपना !”
ऐलेकाे बालेन सरकारले निम्न कुराहरुलाई सिलसिलेबार रुपमा कार्यान्वयनमा लग्ने प्रण गर्दै अघि बढ्याे भने देशलाई हिंसामा धकेल्ने रकेट , फाईटर विमान, बम,छेप्यास्त्र र अणुबम बनाउनमा अघि नदेखिएला तर जनतालाई बिस्तारै समृद्धिकाे बाटोमा हिँडाउँदै देशकाे हित र उन्नतिमा अवस्य अघि बढदै जानेछ । त्यसैले यी कामहरु प्राथमिकताका आधारमा गर्नै पर्ने देखिन्छ ।
२८ – संविधान संसाेधन गर्नु हाेला । संसाेधनमा राष्ट्रिय सभा ,प्रदेश सभा हटाउने, स्थानीयलाई गैर दलिय बनाउने, प्रदेशलाई ५ क्षेत्रमा बाँडने, सिमा उत्तर दक्षिण, प्रतिनिधिसभा ७७ जनाकाे बजाउने ।
२९ – अनाबस्यकरुपमा राजदुताबास नराख्ने , बिदेशमा काम गर्न जानेका लागि सरल र सुलभ ब्यबस्थाकाे जिम्मा सरकारले लिने र ओभरसिजहरु खारेज गर्ने ।
३० – देशलाई कालाे सुचिबाट हटाउन के गर्नु पर्ने हाे तत्काल गर्ने ।
३१ – भष्टाचारीहरुलाई तत्काल कार्बाहि गर्ने ब्यवस्था मिलाउने । राजनीतिक दलहरुलाई विद्यार्थी संगठन खाेल्न नदिने ।
३२ – सबै प्रदेशमा चिकित्सक र नर्सिङ शिक्षा लिनेब्यवस्था गर्ने । र प्राविधिक शिक्षा पठनपाठन गर्ने ब्यवस्था मिलाउने ।
३३ -भारत र वङग्लादेशमा विद्युत विक्रिगर्ने ब्यबस्था मिलाउने ।
३४ – जेनजी आन्दोलनमा ध्वस्त पारिएका संरचना तत्काल निर्माण गर्ने ।
३५ – आगामी बर्ष देखि see काे परीक्षा खारेज गरि प्लस2 काे फाईनल परीक्षा गराउने ।
३६ – देशमा बहुराष्ट्रिय कम्पनि सजिलै स्थापना गर्न सक्ने गरि कानुन निर्माण गर्ने र देशलाई आैद्याेगिकरण गर्दै लैजाने ब्यबस्था गर्ने ।
३७- देशका ५२ वटै विमानस्थलमा विमान सेवा सन्चालन गर्ने ।
३८ – विमानस्थल निर्माण गर्न प्रस्ताब गरिएका ठाउँमा विमानस्थल निर्माण गर्ने ।
३९ – ४७ सालदेखि भएका विमान काण्डदेखि जग्गाकाण्डसम्मका जतिपनि काण्डछन ती सम्पूर्ण काणडका फायल खाेलि त्यसका मतियार र अपराधी तथा भष्टाचारीहरुलाई कार्वाही गरि भविष्यमा भष्टाचार गर्न खाेज्दा दशपटक साेच्नु पर्नेगरि कार्वाहि गर्ने ।
४०- सहकारी पिडितकाे तत्काल रकम फिर्ता गर्ने र त्यसका दाेषिलाई कार्वाहि गर्ने ।
४१ – अबदेखि अनिवार्य रुपमा ३ वटा सन्तान गराउन ु पर्ने गरि कानुन बनाउने । यदि याे ब्यवस्था तत्काल लागू गरियन भने अबकाे ३० बर्षपछि देशमा युवा जनशक्ति हराएर जानेछन ।
४२- नागरिकता लिने उमेर र मतदान गर्ने उमेर एउटै कायम गर्ने ।
४३- सरकारले वेराेजगारीहरुलाई राेजगारी दिने ब्यवस्था मिलाउने त्यसकालागि विदयुत उत्पादन ,सिमेन्ट उद्याेग स्थापना, मल कारखाना लगायतका आबस्यक कारखानाहरु स्थापना गर्ने ।
४४- भेडा,गाई, भैंसी र चाैँरीगाई पालनका लागि ठूलाठूला फर्महरु खाेल्ने र यसबाट देशलाई आत्मनिर्भर गराई विदेशमा निर्यात गर्ने ब्यववथा गर्ने ।
४५ देशमा गाँजा खेतिलाई बैधानिकता दिने र त्यसकाे उत्पादनगरि विदेश निर्यात गर्ने ।
४६- तराईका धान उत्पादन हुने ठाउँमा दुईबालि धान उत्पादन गरि धानमा अात्मनिर्भर हुने व्यवस्था गर्ने ।
४७- कर्नालिकाे सुर्खेत दशरथपुरमा रहेकाे कृषि रिसर्च सेन्टरमा धेरै उत्पादन हुने अन्न र तरकारीबालिकाे विजबृध्दि गरि बाह्रैमनस खेति गर्न सकिने अन्न र तरकारीकाे बीउ उतपादन गरि कृषकहरुलाई त्यहि बालि लगाउन प्रेरित गर्ने । बाँकि अर्को अङ्कमा ।





