जुम्लामा ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला, ३ चैत । जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताए । चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका […]

बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि कट्यो ९ खर्ब

काठमाडौं, ३ चैत ।  बैंकहरूले राष्ट्र बैंकमा राखेको दोस्रो पटक नौ खर्ब कटेको छ । बैंकहरूले यसरी राखेको रकम आइतबार दोस्रो पटक नौ खर्ब कटेको हो । आइतबार यस्तो रकम नौ खर्ब एक अर्ब रूपैयाँ पुगेको छ । यसअघि फागुन १३ गते पहिलो पटक यस्तो रकम नौ खर्ब १२ अर्ब पुगेको थियो ।  राष्ट्र बैंकले […]

बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

बाजुरा ,३ चैत । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहार गरी एक जनाको ज्यान गएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो । सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै […]

वीरेन्द्रनगरवासीले कहिले  खान पाउँलान् भेरीको पानी ?

ओम शाही सुर्खेत, ३ चैत ।  वीरेन्द्रनगर नगरपालिका–११, अमृतडाँडाका रत्नबहादुर वली उमेरले ७२ वर्षका भए । उनी २०५५ सालतिर सुर्खेतकै सिम्ता गाउँपालिकाबाट वीरेन्द्रनगर उपत्यकामा बसाईँ सरेका थिए । तत्कालिन समयमा उनी बसाइँ सरेको अमृतडाँडामा अहिलेको जस्तो बस्ती विकास भइसकेको थिएन । विजुली, खानेपानी, सडक र सञ्चारको सुविधा पनि वलीको बस्तीमा पुगेका थिएनन् । उनीहरुको परिवार […]

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर,३ चैत ।  स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवर्‌द्धन कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरेको हो । सो कार्यक्रमअन्तर्गत […]

दलित अधिकार: जनयुद्ध अघि-पछिको यात्रा

गाेल्डेन बुढा  जुम्ला ,२ चैत । प्रचण्डको जनयुद्धअघिको नेपाली समाज दलित समुदायका लागि कठोर र अमानवीय थियो। छुएकै पानी चल्दैनथ्यो, भात आँगनको डिलमा बसेर खानु पर्थ्यो, मन्दिर छिर्न दिइँदैनथ्यो। दलितको अस्तित्वको स्वीकार्यता नै गैर-मानवीय ठानिन्थ्यो। यो केवल गरिबी वा आर्थिक बहिष्कारको कथा थिएन; सदियौँको सामाजिक अपमान, जातीय दमन र संस्थागत भेदभावको स्पष्ट दस्तावेज थियो।त्यो यथार्थबीच […]

जुम्लामा दूरीअनुसार भाडादर निर्धारण

गाेल्डेन बुढा जुम्ला ,२ चैत। जुम्लामा सार्वजनिक यातायातका साधनको भाडादर पुनःसमायोजन गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा गत फागुन २८ गते सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि तथा यातायात व्यवसायीबीच बसेको बैठकले जुम्ला बजारबाट विभिन्न गन्तव्यतर्फ सञ्चालन हुने बस तथा जिप/भ्यानका लागि दूरीका आधारमा नयाँ भाडादर निर्धारण गरेको हो।बैठकको निर्णयअनुसार […]

सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज,२ चैत । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६  औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र  पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । […]

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

रुपन्देही ,२ चैत । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाहीँ सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित […]

मुद्धाको प्रतिरक्षालाई अझ प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ ,२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्य न्यायाधिवक्ताको कार्यालयले न्याय निरूपण तथा प्रदेश सरकारको कानुनी प्रतिरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको नवौँ स्थापना दिवसका अवसरमा सोमबार राप्ती उपत्यका(देउखुरी) मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्रतिरक्षाको कामलाई कार्यालयले सुदृढ र प्रभावकारी बनाउँदै लगेको […]

घुयँत्राे:“कर्णालीको राजनीति: भाषणमा युद्ध, सत्तामा मित्रता”

चुनाबका बेलाँ कर्नालिका काँग्रेसी सभासदहरले जर्किनका जर्किन रक्सी बाेकेर हिँडे भनेर मुख्यमन्त्री यामलाल कँडेलजीले धुँवाँधार भाषण गरेर काँग्रेसीहरकाे सडकसडकाँ बेईजत गरेनि आखिर काँग्रेसीहरले चुनाब जितेनन त सुर्खेतकाे २ नम्बराँ । ” जसकाे काँक्राे खानु उसकै थाँक्राे भाँच्नु भन्याझैँ” कर्नालिका मुख्यमन्त्री कँडेल जीनि मान्छे त निडरै हुन गाँठे ! कसैसित नडरने र नडग्ने नेता भन्या यामलालजीनै […]

१६ वर्षीया बालिकाको बलात्कारपछि हत्याकाे न्याय माग्दै पत्रकार महासंघ जुम्लाको ध्यानाकर्षण

कालिबहादुर परियार  जुम्ला ,२ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा १६ वर्षीया बालिका इनिसा विकको बलात्कार पछि भएको विभत्स हत्या घटनाले कर्णाली सहित देशभर आक्रोश र चिन्ता फैलिएको छ । उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपाल पत्रकार महासंघ शाखा जुम्लाले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको […]

बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता

बर्दिया ,२ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएका छन् । सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको हो । उनीहरू गत फागुन २३ गते सिकार खेल्न गएका थिए । प्रहरीका अनुसार बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर […]