घुयँत्राे:“कर्णालीको राजनीति: भाषणमा युद्ध, सत्तामा मित्रता”

चुनाबका बेलाँ कर्नालिका काँग्रेसी सभासदहरले जर्किनका जर्किन रक्सी बाेकेर हिँडे भनेर मुख्यमन्त्री यामलाल कँडेलजीले धुँवाँधार भाषण गरेर काँग्रेसीहरकाे सडकसडकाँ बेईजत गरेनि आखिर काँग्रेसीहरले चुनाब जितेनन त सुर्खेतकाे २ नम्बराँ । ” जसकाे काँक्राे खानु उसकै थाँक्राे भाँच्नु भन्याझैँ” कर्नालिका मुख्यमन्त्री कँडेल जीनि मान्छे त निडरै हुन गाँठे ! कसैसित नडरने र नडग्ने नेता भन्या यामलालजीनै हाे के ! तिनै काँग्रेसीहरुसित गठबन्धन गरेर आफू मुख्यमन्त्री भएर विगत तीन बर्षदेखि जस्ले मस्ति काटिराछ उसैले ती काँग्रेसीहरले केई लुताे लाउन सक्दैनन भनेर कहिँ कतै नडराईकन चुनाबाँ काँग्रेसीहरकाे हरकाे मात्रै खेदाे खन्या देख्दा कति मान्छेले त चुनाब पछि मुख्यमन्त्रीशीत काँग्रेसीहरले साथ छाेडछन कि क्या भनेर डरले कायलदभाका पनि देखिय । तर के गर्नु पानी मरुवा काँग्रेसीहरु कँडेललाई सरकाराट गिराउन खेल खेल्नु त परै जावस २/४ वटा पाका मन्त्री नि फुत्किन्छकि भनेर बिचरा काँग्रेसीहरु दुला पस्याछन । हुनपनि बिचराहरु गठबन्धन नटुटेदेखि ५ बर्ष मन्त्री खाईन्थ्याेकि भनेर कुकुरले कलाे कुरेर बस्याझैँ बसेका मन्त्रीहरले दायाँ बायाँ गर्ने बित्तिकै माओवादिसित मिलेर यामलालजीले सरकार बनाए भने भाेलि फुटपाथे सभासद हाेईन्छकि भनेरनि काँग्रेसी यामलाल जीले यिनरका मुखभरि पचरान्तै थुकेर हिँडेनि बरु थुक पुछ्दै हिँडलान तर यामलालकाे साथ छाेडनेवाला छैनन । त्यसैले मुख्यमन्त्री ज्यु अब माैका यै हाे खेलकुदकाे सदस्यसचिवदेखि लिएर काँकाँ ककस्लाई नियुक्त गर्ने हाे नियुक्ति बजाई हाल्नाेस । त्यसै त कर्नालियाँ एमाल्या चुनाबि हरिविजाेग भाछ अँझ भएन भनेर आफू सत्ताँ हुँदानि केई गर्न सक्नु भएन भनेत अर्काे पटककाे चुनाबाँ काँग्रेसीहरु जर्किन बाेकेर हैनकि गाग्रीनै बाेकेर हिँडन बेर छैन । अनि त कर्नालियाँ बल्लबल्ल सरकार बनाएर नगर,समन्वय र पूरा देशै कब्जाँलेर बस्दा त घण्टीले एमाल्या कानाँ बजाउनसम्म बजायाे अनि अर्को पटक नगर ,समन्वय र प्रदेश सरकारकै नेता भएर नि संसदिय भनाैँ कि स्थानीय चुनाबाँ समेत उत्तानाे जडा लाईदे भनेत मुख्यमन्त्री कँडेल जीकाे हालत नि वलिबाकाे जस्तै हाेलानि । हुनत जब बानै सरकाराँ रहेनन त छाेराहरु रहेर नि के कनम भाे र? बा हुँदा त कमसेकम कैले प्रचण्डकाे काँध चढेरत कैले देउबा काँध चढेर सरकारकाे लगाम आफ्नै हाताँ समाई राख्थे र पाे प्रदेशाँनि बाकै निगाहामा सरकारकाे लगाम एमाल्या हाताँथ्याे जब माथिल्लाे तलाँ बाकाे बास भएन भने तल्लाे तलाँ छाेरा बास कसरी हाेस । त्यसैलेनि मुख्यमन्त्री ज्यु तपाईंको सत्ता ५ बर्षलाई टिकाई राख्ने हाे भने वलिबाले सुशिला कार्किकाे सरकारलाई जसरि रातदिन खेदाे खनेर सुशिला सरकारका नाममा केई गर्न नसक्ने भएर लास्टाँ मन्त्री जति सब्बैले छाेडदै गए र अन्त्याँ चुनाब गराउने बाहेक केही गर्न सकिनन् । अब प्रदेशाँनि काँग्रेसीहरलेनि केई गर्न नसक्ने बनाउन प्रदेशका सभासदहरुकाे रातदिन उछिताे काढन शुरु गर्नु भाे भने यी पानी मरुवा काँग्रेसीहरु हाम्लाई सरकाराट ननिकाल्नाेस हजुर भनेर भनेर हजुरका गाेडा मुन्टा पर्नेछन । त्यसै त घण्टीले यिनरकाे दिमाग चाटदि सक्याछ अँझ भएन भनेर तपाईंले टाेकसेकाे टाेकस्यै गर्नु भाे भनेत सरकाराँ तपाईंले जे भन्याे त्यै हुन्छ । अनि प्रदेशाँ भकाे बजेट जति जाँजाँ एमालेछन त्याँत्याँ खन्याउनु भाे भनेत आउने चुनाबाँ कर्नालियाँ फेरि तपाईं कै सरकार नगराँ तपाईंकै सरकार अनि समन्वयमा तपाईंकै सरकार । बस काँग्रेसीहरु त थुक निल्दै बस्दै गर्नेबाहेक अरु उपाए हुने वाला छैन । त्यसैले मुख्यमन्त्री ज्यु जर्किन बाेक्ने जिम्मा काँग्रेसलाईनै दिम अरुले त जर्किन बाेक्यानि स्वाउन्नकि क्या ? हुतिहाराहरलाई हुतिहारै भएर जिउन दिनुपर्छ । कि कसाे !

घुयँत्राे:“कर्णालीको राजनीति: भाषणमा युद्ध, सत्तामा मित्रता”

१६ वर्षीया बालिकाको बलात्कारपछि हत्याकाे न्याय माग्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *