गिडिखोला जलविद्युत बन्यो: गाउँको आम्दानी स्रोत
गाेल्डेन बुढा जुम्ला ,१ चैत। जुम्लाको तातोपानी गाउँपालिका–४ नियापानेका भद्रवीर सार्कीका लागि अहिले गाउँको रात अचम्मको अनुभव बनेको छ। वर्षौँसम्म सल्लाको दियालोको धुमिल उज्यालोमा जीवन बिताएका उनले अहिले चौबिसै घण्टा बलिरहेको बिजुली देख्दा अझै पनि छक्क पर्छन्।“पहिले हुनेखानेले सोलार किनेर बत्ती बाल्थे। कसैले मैनबत्ती, कसैले लालटिन बाल्थे,” उनले विगत सम्झँदै भने, “हामीजस्ता आर्थिक अवस्था कमजोर […]



