सम्पादकीय : अनावश्यक भ्रम सिर्जना नगरौं !

वीरेन्द्रनगर नगरपालिका–१, की १६ वर्षीया इनिशा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र जस्तै छ । गएको शनिबार इनिशा वीरेन्द्रनगर–४, को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीले घटनास्थलबाटै १६ बर्षिय बालकलाई समेत नियन्त्रणमा लिएको थियो । मृतक इनिशाको पोष्टमार्टम रिपोर्टमा शारीरिक सम्बन्धपछिको अत्याधिक रक्तश्राप मृत्युको कारण देखिएको छ । प्रहरीले उक्त प्रकरणमा अन्य तीन बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनास्थलबाट पक्राउ परेका बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्याधिक रक्तश्रापले अचेत भएको बयान दिएका छन् । उनले इनिशा अचेत भएर ढलेपछि आत्तिएर अन्य तीन जना साथीलाई फोन गरेर घटनास्थलमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस विषयमा सुक्ष्म अनुसन्धान जारी राखेको छ । घटनाको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले समेत सुर्खेत प्रहरीसँग मिलेर अनुसन्धान गरिरहेको छ ।

पीडित र पीडकका मोबाइल लगायत विद्युतिय सामाग्री, इनिशाको भ्याजाइनल स्वाब लगायतका प्राप्त प्रमाणहरु केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परिक्षणका लागि पठाइएको छ । त्यो रिर्पोट आएपछि मात्रै इनिशाको हत्याको रहस्य खुल्नेछ । विस्तृत अनुसन्धानपछि मात्रै अन्य तीन बालकको संलग्ना भए/नभएको पुष्टि हुनेछ । घटनास्थलबाट पक्राउ परेका बालकले अचानक इनिशा बेहोस भएपछि अन्य तीन जना साथीहरुलाई बोलाएको बयान दिएपनि पीडित परिवारले भने चारै जनाको सामुहिक बलात्कारपछि हत्या भएको भन्दै कानून बमोजिम कारवाहीको माग गरेर शव बुझ्‌न मानेका छैनन् । पीडित परिवारले २५ फागुनमा पक्राउ परेका चारै जनाविरुद्ध  कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका थिए । परिवारको जाहेरीपछि भेरी अस्पताल बाँकेका फेरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल पुगेर इनिशाको शव परीक्षण गरेको थियो । उक्त परीक्षणबाट जबरजस्ती करणीका क्रममा संवेदनशिल अंगमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्राव भई उनको मृत्यु भएको उल्लेख छ । घटना घटेको एक सातासम्म पनि वास्तविक तथ्य बाहिर नल्याएको भन्दै परिवारले इनिशाको शव बुझ्‌न मानेका छैनन् । सामुहिक बलात्कारपछि हत्या भएको घटनामा मृत्युको कारण रक्तश्राप देखाएर दोषिलाई उम्काउन खोजिएको उनीहरुको आरोप छ । घटना घटेको लामो समयसम्म पनि प्रहरीले विश्वस्त हुने आधार नदिएको पीडित परिवारको आरोप छ । उनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ । इनिशा मृत्यु प्रकरणमा न्यायको माग गर्दै नागरिक समाज र अधिकारकर्मीहरुले संघीय राजधानी काठमाडौंसम्म आवाज उठाएका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कारवाही हुनुपर्ने माग गरिरहेका छन् । यो घटनाले अनेकन आशंका निम्त्याएको छ । प्रेमी–प्रेमिका भनिएकाहरु बीचको हिंस्रक सम्बन्धले समाजमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । घटना घटिसकेपछि यसको निष्पक्ष छानविन हुनुपर्दछ । निष्पक्ष छानविन गरेर दोषिमाथी कानुन बमोजिम दण्ड सजाय र निर्दोषलाई न्याय दिन नियामक निकाय गम्भीर बन्नु पर्दछ । यसमा परिवार, अधिकारकर्मी र आमनागरिकले अतिरञ्जना फैलाउने भन्दा पनि प्रहरीलाई अनुसन्धानमा सघाउनु पर्दछ । घटनाका सम्बन्धमा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा आफु अनुकुल फैलाइरहेको भ्रमले समाजलाई थप विग्रहको बाटोमा लैजान सक्ने खतराप्रति बेलैमा सचेत रहन जरुरी छ । संकित व्यक्तिलाई पक्राउ गरेर भइरहेको प्रहरी अनुसन्धानमा अनावश्यक भिडभाड र आरोप प्रत्यारोप गरेर थप दवाव दिइरहन आवश्यक छैन ।

सम्पादकीय : अनावश्यक भ्रम सिर्जना नगरौं !

जनताको पक्षमा दृढ भएर उभिनु आवश्यक: मुख्यमन्त्री

सम्पादकीय : अनावश्यक भ्रम सिर्जना नगरौं !

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *