वित्तिय साक्षरता सचेतना कार्यक्रम

सुर्खेत, ६ चैत ।
विद्यार्थी लक्षित वित्तिय शिक्षा, साक्षरता, सचेतना अभिवृद्धि कार्यक्रम विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय सुर्खेतका आयोजनामा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
ग्लोबल मनि सप्ताहका अवसरमा सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वीरेन्द्रनगरका श्रीकृष्ण संस्कृति उच्च मावि इत्राम, भैरव उच्च मावि, एसओएस हर्मन माईनर, साउथ एसियन स्कलर्स स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रममा डिजिट बैंकिङ, बैंक तथा वित्तिय संस्थाहरुको सेवा प्रवाहको अवस्था, चुनौति, आउने समस्या र त्यसका समाधान, गुनासोका बारेमा राष्ट्र बैंकका सहायक निर्देशक सागर मालाकारले कार्यपत्र प्रस्तुत गरेका थिए ।






