घुयँत्राे:“आयोगको रिपोर्ट: पढ्न नपाइने गोप्य कथा, खर्च चाहिँ सार्वजनिक!”

हैन ! रातारात गठन गर्या गाैरी बहादुर कार्कि आयाेगकाे प्रतिवेदन काँ थन्क्यायाे के सरकारले । भदाै २३/२४ काे जेनजी आन्दोलनाँ भाकाे विध्वंस र ७६ जनकाे ज्यान जाने गरि भाकाे घटनाका दाेषि पत्तालाउन र तिनलाई कार्वाही गर्न भनेर आयाेग गठन गर्ने अनि आयाेगले दे काे प्रतिवेदनाँ के लेखियाछ भनेर जान्नै नपाउने हाे भनेत यस्ताे आयाेग गठन गरेकै किन हाेला के ! के त्याे बेलाँ जनता आँखा छाराे हाल्न मात्रै आयाेग गठन गर्या हाे भनेनि जनतालाई त्यै कुरा भन्दिन पर्याे हैन याे प्रतिवेदन र कार्वाहीकाे जिम्मा नयाँ बन्या जेनजीकै सरकारकाे हाे भनेनि अब बन्ने सरकारले नै प्रतिवेदन सार्वजनिक र कार्बाहि गर्छ भन्दिँदा राम्रो हाेला । विचरा जेनजीहरु कैले प्रतिवेदन आउला र भन्याजस्तै हाेला भनेर कुर्दा कुर्दा हैरान भएछि हैन अब सडक नतताई भएन भनेर ऐले आँखा कालाेपटि्ट बानेर सडकाँ बस्याछन । हुन पनि हाे त छ/ छ मैना लाएर प्रतिवेदन बनाउनु अनि त्यै प्रतिवेदनका नाममा कराेडाैँ रुपियाँकाे खाेलाे बगाउनु अनि त्यत्राे रकम खर्च गरेर बना प्रतिवेदन पनि दराजाँ लगेर थन्क्याएछि हाम्ले प्रतिवेदनै पढन पाएनम् भनेर सडकाँ पट्टि लाएर किन नपल्टिउन तनि जेनजीहरुनि ! उनरल्यै चाकाे पाटिले २ तिहाई ल्याकाे अनि प्रधानमन्त्री नि बालेननै हुने पक्कापक्कि भा बेलाँ नि आँफुले भन्याजस्ताे नहुने हाे र पुरानै पाटिहरले यसअघि जसरि आयाेग गठन गर्दै प्रतिवेदन थन्क्याउँदै गर्थे त्यस्तै गर्ने हाे भनेत हिजाेका दलकाे सरकार र याे जेनजीले बनाकाे सरकाराँ के भिन्नता भाे र ? यसअघिका आयाेगका प्रतिवेदन जसरि गिरिजाप्रसाद काेईरालाले सार्वजनिक गर्न दिएनन त्यसै गरि प्रधानमन्त्री सुशिला कार्कीले नि प्रतिवेदन दम्पच पारेर जाने भईन त ! विचरा जेनजीहरु सडकाँ सुतेर कैले प्रतिवेदन पढन पाम्ला भनेर सुशिला आमासित प्रतिवेदन माग्न गान्धारीले झैँ आँखा पट्टि बानेर बस्ने अनि प्रधानमन्त्री ज्यु चाइँ तिनरलाई छक्क्याएर पछिल्लाे ढाेकाट भागेर हिँडनु हुनेत हैन ? मलाई त शंकै लाग्छ भाइ ! अघिपछि हरेक कुरा जेनजीले जे भन्याे त्यै गर्दै जाने प्रधानमन्त्रीले याे प्रतिवेदन देखाउन डराउनुकाे कारण कतै आयाेगका पदाधिकारीले त्यति ठूलाे विध्वंस र हत्याका पछाडि कसैकाे हात नभएकाे अथवा हत्यारा काेहि पनि पत्ता नलाग्या भनेर गाँजेबाँजे रिपाेट लेख्या त छैनन । त्यस्तै लेख्याछन भनेनि यसाँ प्रधानमन्त्रीकाे के दाेष भाे र ! यदि साच्चिकै प्रमले प्रतिवेदन नि सार्वजनिक गरिनन भनेचाईँ जाँदाजाँदै ३ थरि दाेष ( १ )आफ्नो स्वकिय सचिवलाई प्रकृति संरक्षण काेषकाे अध्यक्ष , २) गृहमन्त्री ओम प्रकाश अर्याललाई राष्ट्रिय सभाकाे सदस्यमा सिफारिस र ३ ) जेनजी घटनाका दाेषि माथिकाे छानविनकाे प्रतिवेदन सार्वजनिक नगर्नु) आफ्नो टाउँका बाेकेर जाने भईन त ! ६ मैनाकाे शासनकालमा ताेकियकै समयमा शान्तिपूर्ण र ऐतिहासिक चुनाब गराएर सबैकाे वाहवाहि बटुले र जान लागेकि प्रधानमन्त्री कार्किलाई यीनै तिन्टा कुराले अयाेग्य सावित गर्ने भाे त ! प्रधानमन्त्री ज्यु हजुर जानू अघि यी तिन्टै कुरा सच्याउन मिल्छ सच्याउनुस देशका निम्ति यति ठूलाे त्याग गरिसक्नु भाे त यत्ति साना कुराँ त्याग किन नगर्ने? आफ्नो जीवनलाई निष्कलंक बनाउन चाहनु हुन्छ र भविष्यमा समेत नेपाली जनताले तपाइँकाे गुणगान गाएकाे सुन्न चाहनु हुन्छ भने माथि लेखिएका तिनवटा कुरालाई समाधानकाे पाटाेमा लैजानुस , नेपाली जनताले तपाईंको सदैब गुणगान गाई रहनेछन ।चेतना भया !

घुयँत्राे:“आयोगको रिपोर्ट: पढ्न नपाइने गोप्य कथा, खर्च चाहिँ सार्वजनिक!”

जुम्लामा ढिस्कोले पुरेर महिलाको मृत्यु

घुयँत्राे:“आयोगको रिपोर्ट: पढ्न नपाइने गोप्य कथा, खर्च चाहिँ सार्वजनिक!”

वित्तिय साक्षरता सचेतना कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *