पालिका स्तरीय समन्वयात्मक बैठक 

सुर्खेत, ५ चैत ।

चौकुने गाउँपालिकामा सामुदायिक सशक्तिकरण र समग्र विकासलाई टेवा पुर्‍याउने उद्देश्यले संस्थागत पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्याक नेपालको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखा, वडा तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा समाज जागरण केन्द्र स्याक नेपाल चौकुनेका संयोजक गणेश बि.क. ले कार्यक्रमको मुख्य उद्देश्य प्रस्तुत गर्दै चौकुने गाउँपालिकामा आगामी वर्षभित्र सञ्चालन गरिनुपर्ने प्राथमिकताका कार्यहरूबारे स्पष्ट पारेका थिए । उनले स्थानीय तह, शाखा तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

पालिका अध्यक्ष खडक बिवस बाँसपानेको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाको विशेष आतिथ्यतामा, वडा नं. ८ का वडा अध्यक्ष कमल जी.सी., वडा नं. ६ का वडा अध्यक्ष गोबिन्द थापा, वडा नं. ७ का वडा अध्यक्ष धनिराम धमाला लगायत चौकुने गाउँपालिका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष बासपानेले स्थानीय स्तरमा स्याक नेपालले समुदायमा शिक्षा, स्वास्थ्य, सशक्तिकरण तथा दिगो विकासका क्षेत्रमा पुर्‍याएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताउँदै स्थानीय स्तरमा सीप विकास, युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा सामाजिक सचेतना सहकार्य र समन्वयबाट समुदायको समग्र विकासमा थप टेवा पुग्ने विश्वास रहेको व्यक्त गरे ।

पालिका स्तरीय समन्वयात्मक बैठक 

नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव

Leave a comment

Your email address will not be published. Required fields are marked *