धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण  

कैलाली, ७ चैत । 

धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडक खण्ड अन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् ।

पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा  तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीेले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको  इन्जिनियर देवकोटाले जानकारी दिए ।

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण  

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *