YUGAAWHAN NATIONAL DAILY (2076-12-04)

असिनाले लाखौँको तरकारी खेती नष्ट

सल्यान : शनिबार राति आएको असिना पानीले सल्यानमा लाखौँ मूल्य बराबरको तरकारी नष्ट भएको छ । कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैयाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पु‍¥याएको हो । कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ । आम्दानीको मुख्य स्रोतका रूपमा रहेका तरकारी असिनापानीले पूर्णरूपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताए । तीन रोपनी […]

सिटामोल लिन दिनभर पैदल

मुगु : घरमै सुत्केरी हुदाँ अत्यधिक रक्त श्राप भएर मुगम कार्मारोङ गाउँपालिका—१ चिताई गाउँकी ३५ वर्षीया पासङफुटिक तामाङको गत असार १८ मा ज्यान गयो । नजिकै स्वास्थ्य चौकी र उद्दारका लागि आफन्त नभएपछि उनले अकालमा ज्यान गुमाउनु प‍¥यो । गाउँका पुरूष यार्सा संकलनका लागि पाटनतिर गएको बेला सुत्केरी व्यथाले थलिएकी तामाङको समयमा उपचार नहुँदा मृत्यु […]

सम्पादकीय : नाकामा सतर्कता

यतिबेला विस्व नै कोरोनाको त्रासमा छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरस हाल विश्वका एक सयभन्दा धेरै देशमा फैलिएको छ । यसको संक्रमणबाट हालसम्म पाँच हजार नागरिकले ज्यान गुमाइ सकेका छन् । विभिन्न देशमा लाखौं यसको संक्रमणमा परेका छन् । कोरोनाको संक्रमणबाट विश्वलाई नै आतंकित बनाइ रहेका बेला नेपाल पनि यसको उच्च जोखिममा […]

ठेकेदारले काम नगर्दा काँक्रेविहारको पुनर्निर्माण अधुरै

सुर्खेत : कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ । पुनर्निर्माण थालिएको झण्डै २० वर्ष पुग्दा पनि यसको पुनर्निमार्णको काम पुरा भएको छैन । २०५७ सालदेखि अलपत्र अवस्थामा रहेको भग्नावशेषको रुपमा रहेको काँक्रेविहारलाई पुरातत्व विभागले पुनर्निर्माण गर्न सुरु गरेको थियो । तर हाल मन्दिर ठड्याउने बाहेक अन्य काम अधुरै रहेको हो । […]

‘कोरोना जाँच्न काठमाडौं आउनु नपरोस्’

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) बाट हुुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको प्रदेश सरकारहरुले बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मुख्यमन्त्रीहरुले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका हुन् । नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्री उपलब्ध नहुने र खरिद […]

अपाङ्ग विद्यार्थीलाई सहयोग

सुर्खेत : वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा सुर्खेतको राकममा रहेको वागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २१ जना अपांगता भएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमकाबीच विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । समुदायप्रतिको चासो संस्थाको एक महŒवपूर्ण सिद्धान्त भित्र पर्ने बताउँदै संस्थाले वागेश्वरी माविमा […]

मुक्त हलियालाई सीपमुलक तालिम

सुर्खेत : मुक्त हलियाहरुका लागि सीपमुलक तालिम दिन थालिएको छ । मुलुकको आर्थिक विकास र गरीबी निवारणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मुक्त हलियाहरुलाई सीपमुलक तालिम दिइएको हो । अन्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा, राष्ट्रिय मुक्त हलिया समाज महासंघ र सुर्खेत जिल्ला मुक्त हलिया समाजको साझेदारी तथा न्युनतम् सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप […]

जेलभित्र रोनाल्डिन्होको पाँच गोल

ब्राजिलियन रोनाल्डिन्हो पाराग्वेको जेलमा छन् । पासपोर्ट दुरुपयोगको अभियोगमा उनी भाईसँगै पाराग्वेको हिरासत परेका हुन् । व्यवसायीक फुटबल करियरमा रोनाल्डिन्होले विश्वकप फुटबलदेखि च्याम्पियन्स लिग र ला लिगामा आफ्नो जादु छरेका छन् । उनै रोनाल्डिन्हाले पाराग्वेको जेलमा रहदा समेत गोल गर्ने कलालाई निरन्तरता दिए । जेलभित्र खेलिएको फुटसलमा रोनाल्डिन्होले पाँच गोल गरे ।  र ६ गोलका […]

एक लाख ५२ हजार कोरोनाका संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर कोरोनाको संक्रमण हुने मानिसको सख्या एक लाख ५२ हजार पुगेको बताएको छ । महामारीका रूपमा फैलिएको कोरोना संक्रमित हुने मानिसको संख्या एक लाख ५२ हजार पुगेको बताएको हो । त्यस्तै कोरोनाकै कारण मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ९३ पुगेको (डब्लूएचओ) ले बताएको छ । त्यस्तै विश्वका एकसय […]

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा वार्षिक परीक्षा अनुगमन

दुर्गा विसी   सल्यान : सल्यान बनगाड कुपिण्डे नगरपालिका नगर शिक्षा शाखाले परीक्षा अनुगमनलाई तीव्रता दिएको छ । नगरका विभिन्न स्थानका विद्यालहरुमा चल्दै गरेको वार्षिक परीक्षा कसरी चलेको छ भनेर नगर शिक्षा शाखाले अनुगमन  गरेको हो । नगर शिक्षा अधिकारी चक्रबहादुर रावतले जानकारी दिएका छन् । शाखाले सम्पूर्ण ३ देखि ९ कक्षासम्मको प्रश्न पत्र र […]

एसइई परीक्षा सर्न सक्ने

काठमाडौं : यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ । चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो । आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन् । ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउनेरनबनाउने […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-03)