एक लाख ५२ हजार कोरोनाका संक्रमित
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर कोरोनाको संक्रमण हुने मानिसको सख्या एक लाख ५२ हजार पुगेको बताएको छ । महामारीका रूपमा फैलिएको कोरोना संक्रमित हुने मानिसको संख्या एक लाख ५२ हजार पुगेको बताएको हो ।
त्यस्तै कोरोनाकै कारण मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ९३ पुगेको (डब्लूएचओ) ले बताएको छ । त्यस्तै विश्वका एकसय ४१ देशमा कोरोना संक्रमण देखिएको छ । चीनमा भने संक्रमण संख्या ८१ हजार ४८ पुगेको थियो । अहिले चीनमा संक्रमण हुने संख्यामा कमी आएको छ । इटालीमा भने संक्रमण हुनेको संख्या भने २१ हजार १ सय ५७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टमा मात्र तीन हजारमा नयाँ संक्रमण भेटिएको छ ।