ब्रेकिङ : एसईई परीक्षा स्थगित

  सर्खेत : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब […]

नेपाली पत्रकारितमा अनुमान र हनुमान कारीताको रोग

विश्व पत्रकारिताको ईतिहासमा नेपाली पत्रकारीताको इतिहास धेरै लामो छैन । नेपालको समग्र विकास प्रक्रियाको अरु क्षेत्रसंग तुलना गर्दा पत्रकारीताको विकास भने छोटो समयमा धेरै भएको भन्दा फरक पर्दैन । बिश्व पत्रकारिताको विकास र नेपालको सन्दर्भ हेर्दा आज पनि नेपाली पत्रकारिताको प्रबृति र आयाम समय अनुकुल विकसित हुन नसकेको सत्य हो । हामीले यो सत्यलाई छोप्न […]

भेरीगंगाका प्रशासकीय अधिकृत र टेक्निसियन माथि दुईलाख बिगोसहित मुद्धा दायर

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र नगरपालिकाकै खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर केसीलाई भ्रष्टाचार सम्बन्धी विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरिएको छ । दुईलाख रुपैयाँ बिगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई मुद्धा दायर गरिएको हो । भेरीगंगा नगरपालिकाकोे वडा नम्बर ११ बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य […]

केशव बस्नेतले थाले भैसी पालन व्यवसाय

दुर्गा विसी सल्यान : सल्यान जिल्लाको पश्चिम क्षेत्रमा एक युवा केशव बस्नेत व्यवसायीक भैसी पालन तर्फ उत्सािहत बनेका छन् । बनगाड कुपिण्डे नगरपालीका १ का स्थानीय केशव बस्नेत आफ्नै लगानीमा १५ लाख बढि रकम खर्चेर व्यवसायीक भैसीपालनमा जुटेका छन् । तीन वटा पाडा र पाँच वटा भैसीको मुल्य नै सुरुवातमा पाँच लाखमा परेकाे छ। उनलाई […]

ठाटीकाँधको गाईधारा माईकाथान जोड्ने सडकको शिलान्यास

  सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिका ३ मा पर्ने सुईयाविशालाको गाईधारा देखी माईकाथान  बाटोको बुधबार शिलान्यास भएको छ । उक्त सडकको शिलान्यास ठाटीकाँध गाउँपालिका ३ का वडा अध्यक्ष कर्णबहादुर शाहीले गरेका छन् । वडा अध्यक्ष शाहीका अनुसार उक्त मन्दिरमा विशेष गरेर चाडवर्पको दिन तथा अन्य समयमा भक्तजनहरुको धेरै भिडभाड हुने गर्दछ । जस्मा मन्दिर पहाडको […]

‘समृद्धिको ताल्चा खोल्ने साँचो कर्णालीसँग छ’

काठमाडौं : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको ताल्चा खोल्ने साँचो कर्णालीमा रहेका बताएका छन् । काठमाडौंमा पत्रकारसँग कुरा गर्दै मन्त्री भण्डारीले भने, ‘समृद्धिको साँचो कर्णाली हो । समृद्धि कर्णालीकै साँचाले खोल्न सक्छ ।’ कर्णालीमा समृद्धिको सम्भावना रहेको तर चुनौती अझै बढी रहेकोले ‘अभाव कर्णाली’को परिभाषा बदल्न सके मात्रै समृद्धि सम्भव रहेको […]

फरार दम्पती १२ वर्षपछि पक्राउ

दैलेख : बहुविवाहको मुद्दामा कैद सजाय तोकिएका कसुरदाता दम्पतिलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ पिपलचौताराका सुनचाँदी व्यवसायी ३३ वर्षीय डिलबहादुर सुनार र ३१ वर्षीया उनकी कान्छी पत्नी सन्तोषी सुनार पक्राउ परेका हुन् । दैलेख जिल्ला अदालतको अभिलेख अनुसार बहुविवाह मुद्दामा २०६५ असोज ८ गते तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले बहुविवाहको […]

मास्क र औषधीसहित मेडिकल टिम पठाऊँ ?

काठमाडौं :  कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा […]

डोल्पाबाट सातसय विद्यार्थी एसईई परीक्षा दिँदै

डोल्पा : डोल्पा जिल्लामा ४ वटा परीक्षा केन्द्रबाट कुल सात सय परीक्षार्थीले एसईइको परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका अनुसार शिक्षा विभागले तोकेकै मितिमा परीक्षा हुने जनाएको छ । जिल्लाका सरस्वती माध्यामिक विद्यालय दुनै, आर्दश माध्यामिक विद्यालय जुफाल, जनप्रभा माध्यामिक विद्यालय लिकु र त्रिपूरा माध्यामिक विद्यालय काईगाउ गरी चार परीक्षा […]

कालोबजारी नगर्न आग्रह

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले दैनिक उपभोग्य बस्तुहको कृतिम अभाव सिर्जना नगर्न अनुरोध गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारीगर्दै संघले यस्तो आग्रह गरेको हो । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडलद्वारा हस्ताक्षर विज्ञप्तीमा कोरोना भाइरसले विश्व नै आक्रान्त भएकाले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न सुर्खेतका व्यवसायीहरुलाई आग्रह गरेको हो […]

एसईई परीक्षा नरोकिने भर्ना नलिन अपील

काठमाडौं : सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र […]

विकासको गती बढाउन कर्मचारीलाई जिम्मेवार बनाउँदै छौं : ओमबहादुर बुढा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पूर्वाधार विकासमा प्राथमिकता दिएको छ । नगर विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न जनप्रतिनिधिको जोड छ । तर योजना कार्यान्वयनका लागि काम गर्ने स्थायी र अस्थायी कर्मचारी नै सक्रिय नभएपछि विकासमा चुनौती थपिएका छन् । नगर विकासका लागि गरिने हरेक काम तथा योजना कार्यान्वयनका लागि कर्मचारीलाई जिम्मेवार बनाउने नगरपालिकाको रणनीति छ । […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-05)