भेरीगंगाका प्रशासकीय अधिकृत र टेक्निसियन माथि दुईलाख बिगोसहित मुद्धा दायर

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र नगरपालिकाकै खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर केसीलाई भ्रष्टाचार सम्बन्धी विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरिएको छ ।

दुईलाख रुपैयाँ बिगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई मुद्धा दायर गरिएको हो । भेरीगंगा नगरपालिकाकोे वडा नम्बर ११ बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेका बेला फागुन ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले घुस रकम सहित टेक्निसियन केसीलाई नियन्त्रणमा लिएको थियो ।

सोही अनुसन्धानको क्रममा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर केसीले झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अनुसन्धानका क्रममा बुझिएकोले दुईलाख बिगोसहित मुद्धा दायर गरेको अख्तियारले बुधवार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निजहरू कमलप्रसाद पौडेल र चित्र बहादुर केसीलाई बिगो रू। दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम सजाय हुन अख्तियारले मागदावी गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *