कर्णालीमा आपतकालिन राहत र उद्दार गर्न बन्दैछन् एक दर्जन हेलिप्याड

सुर्खेत : कर्णालीमा भौगोलिक विकटताका कारण आपतकालिन उद्दारमा समस्या हुने गरेको छ । प्राकृतिक विपत र दुर्घटनापछि उद्दारमा निकै समस्या हुने गरेको छ । यही समस्याको दिर्घकालिन समाधानका लागि प्रदेश सरकारले विभिन्न स्थानमा हेलिप्याड निर्माण थालेको छ । प्रदेशका अधिकांश स्थानमा सडकको सहज पहुँच छैन । कतिपय जिल्लामा विमानस्थलसमेत छैनन् । यस्तो अवस्थामा हवाइ मार्गबाट […]

फिफा क्लब विश्वकप स्थगित

चीनमा आयोजना हुने सन् २०२१ को फिफा क्लब विश्वकप फुटबल स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नयाँ ढाँचाको फिफा क्लब विश्वकप स्थगित गरिएको फिफाले जनाएको छ । पहिलो पटक २४ टिम सहभागी हुने भनिएको क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्म तय भएको थियो । तर, चीनबाट नै फैलिएको […]

चीनमा कोरोनाको नयाँ संक्रमण देखिएन

चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । चीनमा पहिलोपटक कुनै पनि नयाँ संक्रमण घटना देखा नपरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा संक्रमण देखा परेको थियो । ज्यानअरी यता चीनमा ८१ हजार भन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएका छन् । ती मध्य ३ हजार […]

कोरोना भाइरसको असर सामान्य मुद्दाका कैदीलाई रिहा गरिने

काठमाडौं : कोरोना भाइरसको संक्रमणले विश्‍वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवारकैदी रिहा गर्ने भएको छ । सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवारकैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको छ । यसका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छलफल थालेका छन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलबीच पनि […]

वडा अध्यक्षमाथि नै जातीय विभेद

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका ७ का दलबहादुर बुढाले सोही वडाका अध्यक्ष दलबहादुर विश्वकर्मामाथि छुवाछुत गरेको भन्दै कुटपिट गरेका छन् । आरोपी बुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै पीडित वडाध्यक्ष विकले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् । आरोपी बुढाले फागुन २९ गते वडा कार्यलयमै पीडित विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज […]

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित, अन्तर्वार्ता नरोकिने

  काठमाडौं : लोकसेवा आयोगले यही चैत ८ गतेदेखि चैत मसान्तसम्मका सबै लिखित परीक्षाहरु स्थगित गरेको छ । यसबीचमा हुने अन्तर्वार्ता परीक्षा भने नरोक्ने आयोगले जनाएको छ । आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्मका पूर्वनिर्धाति लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेसँगै बिभिन्न पदका ५० हजारभन्दा बढी परीक्षार्थीहरु प्रभावित भएका छन् । लोकसेवा आयोगले आज […]

आत्महत्या दुरुत्साहन आरोपमा श्रीमान्सहित चार जना पक्राउ

सल्यान : सल्यानमा आत्महत्या दुरुत्साहनको आरोपमा ४ जना पक्राउ परेका छन् ‌। जिल्लाको शारदा नगरपालीका वडा नम्बर १५ हरेलेकी २१ वर्षीया मुना नाथलाई आत्महत्या दुरुत्साहन गर्न लगाएको आरोपमा शारदा नगरपालिका वडा नम्बर १५ का श्रीमान सुनिल नाथ, सोही ठाउँकै सुनिल भन्ने विजय भण्डारी, लाल बहादुर राजगुरु र त्रिबेणी गाउँपालीका वडा नम्बर ६ का अर्जुन रावत […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-07)

नौ हजार भन्दा बढीको स्वास्थ्य परिक्षण : कोरोनाको लक्षण देखिएन

सल्यान : कर्णाली प्रदेशको प्रवेशद्वार सल्यान कपुरकोटमा गत चैत्र १ गते देखि शुरु भएको हेल्थ डेस्कमा विहिबार दिउँसो सम्म नौ हजार सात सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोरोना भाइरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ । ६ दिनको अवधिमा नाकाबाट […]

हाप्की डो संघ कर्णालीको अध्यक्षमा सल्यानका खेलाडि पुन चयन

सल्यान : नेपाल मार्सल आर्टस, हाप्की डो संघ कर्णालीको अध्यक्षमा शेर बहादुर पुन चयन भएका छन् । विहिबार विरेन्द्र नगर सुर्खेतमा सम्पन्न कार्यक्रमले सल्यानका पुन अध्यक्ष रहेको ९ सदस्यीय प्रदेश समिति गठन गरेको हो । जसको उपाध्यक्षमा टक्क बहादुर शाही (हुम्ला), सचिव जगत प्याकुरेल (सुर्खेत), कोषाध्यक्ष खड्ग थापा (सल्यान), सदस्यहरुमा सिर्जना के सी (पश्चिम रुकुम), […]

सरकारी विज्ञापन समानुपातिक ढंगबाट वितरण गर्नुपर्छ : महांसचिव विष्ट

सुर्खेत : सरकारी विज्ञापन तथा सूचनाहरु समानुपातिक ढंगबाट वितरण गरिनुपर्ने पत्रकार महांसघका केन्द्रीय महांसचिव रमेश विष्टले बताएका छन् । बिहिवार वीरन्द्रनगरमा सुर्खेतका पत्रकारहरुसंग पत्रकारहरुको लागि आवश्यक पर्ने कानुन तथा न्यायका विषयमा अन्तरक्रिया गर्दै सरकारबाट पाइने विज्ञापन तथा सुचनामा स्थानीय मिडियाहरुलाई विभेद गरिएको गुनासो आएपछि महांसचिव विष्टले त्यसको समाधानका लागि सरकार संग पत्रकार महांसघ लागि परेको […]

स्काभेटर जलाएको विषयमा निर्माण व्यवसायीको आपति

सुर्खेत : जाजारकोटको बारेकोट गाउँपालिकामा भएको स्काभेटर आगजनीको विषयलाई लिएर नेपाल निर्माण व्यवसायीक एकता समाज सुर्खेतले घोर आपति जनाएको छ । उक्त स्काभेटर नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका पुर्व सचिव तथा रेगन निमार्ण सेवाका प्रमुख दानबहादुर खड्काको मृतस जीवनी–रेगन जे.भी टेक्काको बा ३ क ४०८६ नम्वरको स्काभेटरमा मंगलबार राती आगजनीे लगाइएको थियो । उक्त […]

सुर्खेत क्याम्पसमा चैत ७ बाट पठनपाठन बन्द प्रशासनिक काम निरन्तर

सुर्खेत : विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको सन्दर्भमा सुर्खेत क्याम्पस (शिक्षा) ले पढनपाठन पुर्ण रुपमा बन्ध गरेको छ । उक्त क्याम्पसमा सञ्चालीत हुने सम्पुर्ण कक्षाको नियमित पठनपाठन २०७६/१२/०७ गते देखि चैत मसान्तसम्म बन्द रहने छ । साथै क्याम्पसमा प्राध्यापनरत पुर्णकालिन शिक्षकहरुलाई हिउँदे र बर्षे विदाबाट कट्टा हुने गरी यही चैत ७ […]