असिनाले लाखौँको तरकारी खेती नष्ट

सल्यान : शनिबार राति आएको असिना पानीले सल्यानमा लाखौँ मूल्य बराबरको तरकारी नष्ट भएको छ । कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैयाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पु‍¥याएको हो । कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ ।

आम्दानीको मुख्य स्रोतका रूपमा रहेका तरकारी असिनापानीले पूर्णरूपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताए । तीन रोपनी जमिनमा लगाएको लसुन सखाप भएको उनले बताए । यस्तै, कपुरकोट तीन पाखापानीका किसान भीमबहादुर बढाले आफ्नो एक लाख ५० हजार बढीको तरकारीमा क्षति पुगेको बताए । ‘हाम्रो मुख्य पेशा भनेकै यहि तरकारी खेती थियो’ उनले भने ‘६ रोपनीमा लगाएको काउली, टमाटर, केराउ सबै खत्तम भयो ।’

तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलार्य असिनापानीले ठुलो क्षति पु‍¥याएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको कपुरकोट पाँच का किसान टोपेन्दै केसीले बताए । गतवर्ष पनि क्षति व्यहोरेका किसानले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि राहत पाउन नसकेको किसानले गुनासो गरेका छन् ।

असिनाले लाखौँको तरकारी खेती नष्ट

सिटामोल लिन दिनभर पैदल

असिनाले लाखौँको तरकारी खेती नष्ट

YUGAAWHAN NATIONAL DAILY (2076-12-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *