कर्णालीमा उच्च सतर्कता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन उच्च सतर्कता अपनाएको छ । प्रदेशलाई कसरी सुरक्षित राख्न सचेतनामुलकदेखि आवश्यक तयारीलाई थालिएको हो । कोरोनाबाट आउन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनालाई युद्धस्तरमा क्वारेन्टाइन निर्माणको गरिएको छ । त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि ६ सय बेडको क्वारेन्टाइन निर्माणमा गरिने छ […]

बीउ नपाउने कृषक, अब बीउ व्यापारी

जाजरकोट : गहुँको बीउका लागि कृषि कार्यालय तथा नगरपालिका धाउने भेरी नगरपालिका–१ कालेगाउँका कृषक अहिले आफैँ मूल बीउ उत्पादनमा जुटेका छन् । गहुँको बीउमा आत्मनिर्भर भई अन्य जिल्लालाई समेत निर्यात गर्ने उद्घोषका साथ बीउ उत्पादनमा लागेको ५४ वर्षीय कृषक मनबहादुर बस्नेतले बताए । उनी अहिले दैनिक गहुँको मूल बीउ उत्पादनका लागि खेतबारीमा मेहेनतका साथ लागिरहेका […]

बैंकहरु खुलै रहने, डिजिटल कारोबार गर्न आग्रह

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा नियमित गर्ने गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला रहने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले बैंकका सबै […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-10)

शीर्ष नेता ‘सेल्फ आइसोलेसन’ मा

काठमाडौ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धाति कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका हुन् । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गरेका छन्न भने कोरोनाबाट बच्ने उपाय अपनाएका छन् । नेता घरमा बस्दा पनि […]

मध्यपश्चिम यातायातका गाडी सुर्खेतबाट अन्य जिल्लाका लागि नछुट्ने

सुर्खेत : सुर्खेतबाट विभिन्न जिल्लाहरुमा गाडीहरु सञ्चालन गर्दै आएको मध्यपश्चिमाञ्चल यातायात व्यवासायी समितिले अन्य जिल्लाहरुमा यातायात सञ्चालनमा रोक लगाएको छ । समितिको आइतबार बसेको आकस्मिक बैठकले सुर्खेत बाहेक अन्य जिल्लाहरुमा कुनै पनि सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष विष्णुबहादुर खड्काकाअनुसार सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा भने छोटो दुरीका सवारी भने छुट्ने छन् । […]

कालिकोटमा नुन लिनेको भिड

तुलराज पाण्डे कालिकोट : विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ । कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँ नै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको हो । जिल्लाको एक मात्र नुनको डिपोमा गाउँगाउँबाट नुनलिन, स्थानि कार्यालयमा लाईनमा लागेका […]

वीरेन्द्रनगरले धुलियाबिडमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि वीरेन्द्रनगर भित्रिने नाका धुलियाबिडमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ । नगर स्तिरीय कोरोना भाईसर संक्रमण बिरुद्धको समन्वय समितीको आईतबार बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा भित्रिने यात्रुहरुलाई ‘हेल्थ डेस्क’ मार्फत चेक जाँच गर्ने निर्णय गरेको हो । चेक जाँचका क्रम्मा यात्रूमा संक्रमणको आसंका गरिए क्वारेन्टाइनमा […]

कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि जानकारी दिदैँ अनेरास्ववियू दैलेख

सुर्खेत : अनेरास्ववियू जिल्ला कमिटी दैलेखको आयोजनामा दैलेखमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम आईतबार सम्पन्न गरेको छ । अनेरास्ववियू दैलेखका सह(संयोजक हेमन्त दशौंदीको संयोजकत्वमा ” महामारी रोगको बारेमा सचेतना जगाउं, आफू बचौं र अरुलाई पनि बचाऔं” भन्ने नाराका साथ कोरोना के हो,कसरी सर्छ र कसरी वच्न सकिन्छ भन्ने सन्देश सहितको एक हजार भन्दा बढी ब्रोसरर, […]

कर्णाली प्रदेशमा निर्माण हुदैँ क्वारेन्टाइन (फोटो-फिचर)

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले युद्धस्तरमा क्वारेन्टाइन निर्माणको शुरु गरिएको छ । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी शुरु गरेको हो । प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार जना अट्ने क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो […]

कोरोनाको त्रास : सुर्खेतका कुकुरमा देखियाे अनौठो रोग

सुर्खेत : जिल्ला पशुसेवा सुर्खेतको कार्यालयमा पछिल्लो समयमा उपचारको क्रममा आएका कुकुरमा पुष्टि नभएको अनौठो रोग फेला परेको छ । जिल्ला पशुसेवा कार्यालय सुर्खेतका अनुुसार पछिल्लो एक हप्ता यता निरन्तर अज्ञात रोगका बिरामी कुकुरहरु दिनमा एक सय भन्दा बढि आउँन थालेका छन । सुचना अधिकारी मोहन गिरीले उक्त कुकुरहरुमा मुख्य लक्षण भनेको मलद्धुवार बाट रगत […]

कोरोनाभाइरसका कारण नेपालीको मृत्यु, नेपालीले ज्यान गुमाएको पहिलो आधिकारिक घटना

काठमाडौं : कोरोनाभाइरसका कारण एक नेपालीले ज्यान गुमाएका छन् । संखुवासभाका ६६ वर्षका लीलाबहादुर राईको गत मंगलबार बेलायतको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको परिवारको हवाला दिँदै बीबीसीले जनाएको छ । राई भूतपूर्व गोर्खा सैनिक हुन् । उनी २००८ देखि बेलायतमा बस्दै आएका थिए । बीबीसीका पत्रकार भागिरथ योगीले राईका छोरा विकासको भनाइ उद्धृत गर्दै […]

कोरोनाको त्रास शहरमा छोडेर गाउँ पस्नेको लहर

सुर्खेत  : दैलेखको चामुन्डाबिद्रासैनी नगरपालिका–५ बनराका टेक रेग्मी शनिबार गाउँ फर्किए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीवीएस तेस्रो सेमेष्टरमा अध्ययनरत उनी कोरोनाको क्रासले गाउँ फर्किएका हुन् । ‘वीरेन्द्रनगरमा मानिसको भिडभाड धेरै हुन्छ, घरहरु पनि नजिक हुन्छ, कोरोना त भिडभाडबाटै सर्ने रहेछ’ उनले भन्छन्, ‘गाउँमा घरपनि टाढा, मानिस पनि थोरै हुन्छ जसले गर्दा शहरभन्दा गाउँ नै सुरक्षित लाग्यो […]