कोरोनाको त्रास : सुर्खेतका कुकुरमा देखियाे अनौठो रोग

सुर्खेत : जिल्ला पशुसेवा सुर्खेतको कार्यालयमा पछिल्लो समयमा उपचारको क्रममा आएका कुकुरमा पुष्टि नभएको अनौठो रोग फेला परेको छ ।

जिल्ला पशुसेवा कार्यालय सुर्खेतका अनुुसार पछिल्लो एक हप्ता यता निरन्तर अज्ञात रोगका बिरामी कुकुरहरु दिनमा एक सय भन्दा बढि आउँन थालेका छन ।
सुचना अधिकारी मोहन गिरीले उक्त कुकुरहरुमा मुख्य लक्षण भनेको मलद्धुवार बाट रगत बन्ने, हिडडुल गर्ने नसक्ने तथा लोसो र पुरै शरिरि लुलो हुने गरेको र उनिहरुको बिचारमा भाइरल रोग हुन सक्ने बताएका छन ।

सुचना अधिकारी गिरीका अनुसार उक्त रोग कस्तो खाल्को रोग हो भन्ने आफुलाई जानकारी नभएको र पत्ता लगाउँनको लागि स्रोत नभएको बताएका छन् । र कार्यालयमा पशु चिकित्सक पनि तीन जना र कार्यालमा कुनै पनि सामान तथा औषधी नभएकाले उपचार गर्नमा कठिनाई परेको जानकारी दिएका छन ।

जिल्ला पशु सेवा कार्यालयले प्रदेश सरकालाई बजेट तथा औषधीको लागि लिखित रुपमा चिठि पठाउँदा पनि चासो नदेखाएको गिरीले बताए । उनले थपे ‘नेपाल सरकारले अत्यआवश्यक कार्यालय बाहेक अरु सबै भन्द गर्ने निर्यण गरेता पनि यो कार्यालय अत्यआवश्यकमा पर्ने त होइन तर पनि प्रदेश सरकाले आदेश नदिए सम्म बन्द भने गदैनौँ ।’

साथै नेपाल सरकारले २५ जना भन्दा धेरै जम्मा नहुने भन्ने निर्यण गरे पनि हाल पशु सेवा कार्यलयमा दूई सय भन्दा बढी मान्छेको भिड हुने गरेको छ । साथै कार्यालयका कर्मचारीले आफु असुरक्षित बनेर काम पनि नगर्ने बताएका छन् । उनिहरुले सेकुरेटी, माक्स, गोलोब्स तथा औषधी नभएका कारणले आजबाट बिरामी कुकुरको भने आउँने क्रमम जारी छ । तर उपचार भने भएको बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *