‘अनलाइन गेम’ खेलाएको आरोपमा पक्राउ ‘

बाँके, ८ असोज । 

बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले आज ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । 

उनले कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कति गेम खेलाइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतम राखिएको छ । 

बाँकेमा १५२ मुद्दा दर्ता 

जिल्ला प्रहरी कार्यालयले गत भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका १५२ मुद्दा दर्ता गरेका छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटनासँग सम्बन्धित छन् । 

प्रहरीका अनुसार सात वटा जघन्य र ५१ वटा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित मुद्दा छन् । त्यस्तै ९४ वटा सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएकामा त्यसमा संलग्न १५ जना पक्राय परेको उनले बताए । त्यसैगरी, आर्थिक अपराधसम्बन्धी २६ वटा घटना दर्ता भएका थिए । अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादी पक्राउ गरेको छ । 

‘अनलाइन गेम’ खेलाएको आरोपमा पक्राउ ‘

शिक्षा योजनाको समिक्षा गर्दै कार्ययोजना निर्माण

‘अनलाइन गेम’ खेलाएको आरोपमा पक्राउ ‘

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *