ब्रेकिङ ः राज्यमन्त्री रावत स्वास्थ्य सामाग्रीसहित कर्णाली उड्दै

सुर्खेत, १७ चैत्र । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत कर्णाली प्रदेशका लागि प्राप्त हुने स्वास्थ्य सामाग्रीसहित सुर्खेतका लागि उडने तयारी गरेका छन् । नेपाली सेनाको स्काइ ट्रक हेलिकाेप्टरमार्फत कर्णालीका लागि प्राप्त स्वास्थ्य सामाग्री लिएर राज्यमन्त्री रावत (विहान ७ः४५ बजे यो समाचार तयार गर्दा) सुर्खेत आउने तयारीमा रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) […]

कर्मचारी सरुवाको क्यालेण्डर बनाउनुपर्छ

रामबहादुर बुढा गुराँस गाउँपालिका दैलखेका प्रमुख प्रशासकीय अधिकृत हुन् । विस २०२८ असार २८ गते जुम्लाको पाताराशी गाउँपालिका–४ डिल्लीचौर उनको जन्मभएको हो । स्व.वुवा रामलाल र आमा दावासाड्मु बुढाबाट कान्छो सन्तान हुन् । स्वास्थ्य क्षेत्रहुँदै निजामति सेवा प्रवेश गरेका उनले जीवनका सुख, दुख र निजामति सेवाको अनुभव यसरी सा“टे । रुखको छहारी नै विद्यालय ऊबेलागाउँमाभर्खर […]

जोखिम मोलेर खट्दै स्वास्थ्यकर्मी

दुर्गममा छैनन् स्वास्थ्य उपकरण सुर्खेत, १५ चैत । घटना ः १ कोरोनाको संक्रमण रोक्न जुम्लाको हिमा गाउँपालिकाले ६ वटा स्थानमा हेल्थडेस्क राखेको छ । तर ती हेल्थडेस्कमा ज्वरो नाप्ने मेसिन (थर्मल गन) छैन । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीकाअनुसार स्वास्थ्यकर्मीले जोखिम मोलेर हाल थर्मोमिटरबाट ज्वरो नाप्ने काम गर्दै आएका छन् । काखिमा च्यापेर ज्वरो नापिने थर्मोमिटरको […]

वडाध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट

जाजरकाेट, १६ चैत । जाजरकोटमा एक अज्ञात समूहले वडाध्यक्षमाथि कुटपिट गरेको छ। छेडागाड नगरपालिका–११ का वडा अध्यक्ष चक्रबहादुर सिंहमाथि शनिबार राति कुटपिट भएको हो। वडा अध्यक्ष सिंहको खुट्टा भाँच्चिएको छ। शनिबार राति ९ बजेतिर घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वडा नम्बर ११ को पिपलडाँडा भन्ने ठाउँमा अध्यक्षमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय […]

कोरोना जोखिम रोक्न के गर्दै छ, बराहताल गाउँपालिका : यस्ताे छ तयारी

ओम शाही सुर्खेत, १६ चैत । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संभावित जोखिम रोक्न पचार–पसार र जनचेतनालाई तीव्र पारिएको बराहताल गाउ“पालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए । पालिका भर संभावित उच्च जोखिम न्यूनिकरणका लागि पालिकादेखि वडा र टोल स्तरमा विभिन्न समिति गठन गरेर ती समितिहरुले विभिन्न निकायहरुस“ग समन्वयमा काम गरिरहेको जानकारी दिए । […]

कोरोना भाईरसको महामारीवाट जोगिन नागरिक भूमिका

राजेन्द्र विक्रम शाह/जाजरकोट अहिले विश्व कोरोना भाइरसको प्रकोपवाट प्रताडित छ । डिसेम्वर २०१९ मा चीनको वुहान प्रान्तवाट शुरु भएको कोरोना भाईरसको प्रभाव प्रवेश विन्दू चीनमा नयां संक्रमण दर घट्दै आएको र विश्व भरी फैलिएको छ, मुख्य प्रभाव क्षेत्र यूरोप, अमेरिका र मध्य पूर्व वन्दै गएको छ र विभिन्न उतार चढाव सहित फैलने क्रममा छ । […]

कोरोना रोक्न त्रिपुरासुन्दरीमा पुजा

डोल्पा, १६ चैत्र । विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर नफैलियोस भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पुजाआजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं. १ मा पर्ने त्रिपुराकोट गाउँका सम्पुर्ण महिलाहरुले अद्भुत शक्तिपिठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पुजाआजा गरेका हुन् । स्थानीय धामी, झाँक्रि र पण्डितहरुले विश्वभर […]

कोरोना विरुद्ध गम्भिर भएन प्रहरी प्रशासन र स्थानीय सरकार

रामचन्द्र न्यौपाने डोल्पा, १६ चैत । सरकारले लकडाउन घोषणा गरे यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा ५ मा पर्ने करोपगाड नाकाबाट महिला र पुरुष गरेर६ सय २६ जना भित्रिएको ८४ जना बाहिरीएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा प्रवेश गर्ने नाकाको रुपमा रहेको त्रिवेणी बजार फोन नलाग्ने भएकाले पाँच दिनमा […]

सुर्खेतका १२ पत्रिका बन्द, एउटा नियमित प्रकाशित (भिडियाे सहित)

राष्ट्रिय समाचार समिति सुर्खेत, १५ चैत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रकाशित पत्रिकाहरु बन्द भएका छन् । वीरेन्द्रनगरबाट प्रकाशित एक साप्ताहिकसहित १२ पत्रिका बन्द भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले राससलाई जानकारी दिए । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले यही चैत ११ गतेबाट ‘लकडाउन’ गरेपछि यहाँबाट प्रकाशित […]

कालीकोटका ५५ जना क्वारेन्टाइनमा

कालिकोट, १५ चैत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न कालीकोटका चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालीकोट अस्पतालमा चार वटा आइसोलेसन बेड […]

चौकुनेमा एक–घर, एक–साबुन अभियान

सुर्खेत, १५ चैत्र । चौकुने गाउँपालिकाले एक घर एक सावुन अभियान सुरु गरेको छ । कोरोना भाईरस (Covid-19) नियन्त्रणका लागि साबुन पानीले मिचिमिचि हात थुन स्थानीय नागरिकलाई सिकाउने उद्देशयले साबुन वितरण गरिएको हो । साबुन पानीले हात धुनाले यसमा भएको बोसो डिफर्म (टुक्र्याइ नस्ट) हुने गर्दछ । त्यसै रासायनिक संरचनालाई बुझि चौकुने गाउँपालिकाले चौकुनेका सबै […]

कर्णालीको विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

सुर्खेत, १५ चैत्र । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक सुर्खेतले १० लाख सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा उक्त रकमको चेक शनिबार हस्तान्तरण गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी शनिवार सिद्धार्थ बैंकको तर्फबाट […]

वीरेन्द्रनगरले गरिव परिवारलाई खाद्यान्न निशुल्क बाँड्दै

सुर्खेत, १४ चैत । वीरेन्द्रनगर नगर कार्यपालिकाको आकस्मिक बैठक शुक्रबार बसेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारले एक साताको लकडाउन घोषणा गरेको छ । लकडाउनको अवस्थामा मजदुरी गरेर जिविकोर्पाजन गर्ने न्यून आयस्रोत भएको परिवारको राहतका लागि नगरपालिकाले विभिन्न घोषणा गरेको छ । वीरेन्द्रनगर नगर कार्यपालिकाका कार्यवाहक प्रमुख मोहनमाया भण्डारीको अध्यक्षतामा आज […]