कर्णालीमा कोरोनाको त्रास, सहरभन्दा गाउँमा बढ्यो जोखिम
सुर्खेत, १४ चैत घटना : १ रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका २० वर्षीय एक युवकमा कोरोना संक्रमणको लक्षण देखियो । केही दिनअघि भारतबाट फर्किएका उनलाई कोरोना संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकलन गरेर काठमाडौं पठाइएको छ । स्थानीय उनी हाल मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेको जिल्ला अस्पतालका निमित्त प्रमुख राजकुमार भुजेलले जानकारी दिए । […]



