कालिकोटमा नुन लिनेको भिड
तुलराज पाण्डे
कालिकोट : विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ । कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँ नै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको हो ।
जिल्लाको एक मात्र नुनको डिपोमा गाउँगाउँबाट नुनलिन, स्थानि कार्यालयमा लाईनमा लागेका छन । नुन डिपो कार्यालयका प्रमुख डम्वर वुढाले भने, ‘हिजो अस्तिका दिनभन्दा आजको दिनमा नुन लिनेको सोचे भन्दा वढिनै घुइँचो छ । अहिले लाइनमै पाँच सय भन्दा बढि छन् ।
हिजो अस्तिका दिनमा दैनिक ४ र ५ जना नुन लिन आउँथे, आज भने नुन लिनेको भिड छ, हामीले सुचना पनि दिएका छैनौँ, खै कोरोना भाइरसका कारणले होला, यति धेरैको संख्यामा नुन लिन आएको । उनका अनुसार अहिले सम्मकै उच्च हो, नुन लिन आएको ।
नुनलिनका आएकी नरहरिनाथ गाउँपालिका वडा नं ८ निवासि कल्पना बिस्टले भनिन्, ‘पाँच छ पाकेट नुन लिन दुई हजार खर्च गरेर आउनु परेको गुनासो गरिन् । सबै सेवा स्थानिय तहमा गएपनि नुन लिन अझैपनि जिल्लामै आउनु परेको छ । एक सयको नुन लिन दुई हजार खर्च गर्नु पर्दा दुख लागको छ । कहिले त स्थानिय सरकारको महसुस पनि भएको छैन ।’