मध्यपश्चिम यातायातका गाडी सुर्खेतबाट अन्य जिल्लाका लागि नछुट्ने

सुर्खेत : सुर्खेतबाट विभिन्न जिल्लाहरुमा गाडीहरु सञ्चालन गर्दै आएको मध्यपश्चिमाञ्चल यातायात व्यवासायी समितिले अन्य जिल्लाहरुमा यातायात सञ्चालनमा रोक लगाएको छ । समितिको आइतबार बसेको आकस्मिक बैठकले सुर्खेत बाहेक अन्य जिल्लाहरुमा कुनै पनि सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष विष्णुबहादुर खड्काकाअनुसार सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा भने छोटो दुरीका सवारी भने छुट्ने छन् । ‘सुर्खेतबाट अन्य जिल्लाहरुमा कुनै पनि सवारी नछुटाउने निर्णय गरेका छौं’ अध्यक्ष खड्काले भने, ‘यदि कसैले अटेरी गरेर चलाउछ भने त्यसको जिम्मेवार स्वंयम गाडी धनी हुनेछ ।’

तर सुर्खेतबाट पश्चिमको बावियाचौर, गुठु, विजौरा, पूर्वी सुर्खेतको गुमी, चोल्पा, राकम लगायतका स्थानमा गाडीहरु छुटाउने खड्काले बताए । नेपाल सरकारको निर्णयलाई पूर्ण कार्यान्वयन गर्दै कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन पनि कर्मचारी, व्यवसायीहरुलाई अपिल गरिएको खड्काको भनाई छ ।

सुर्खेतबाट सञ्चालिन हुने अन्य यातायात व्यवसायीहरुले भने भोलीदेखि यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा छलफलमै रहेको जनाएका छन् ।

मध्यपश्चिम यातायातका गाडी सुर्खेतबाट अन्य जिल्लाका लागि नछुट्ने

कालिकोटमा नुन लिनेको भिड

मध्यपश्चिम यातायातका गाडी सुर्खेतबाट अन्य जिल्लाका लागि नछुट्ने

शीर्ष नेता ‘सेल्फ आइसोलेसन’ मा

Leave a comment

Your email address will not be published. Required fields are marked *