कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि जानकारी दिदैँ अनेरास्ववियू दैलेख

सुर्खेत : अनेरास्ववियू जिल्ला कमिटी दैलेखको आयोजनामा दैलेखमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।

अनेरास्ववियू दैलेखका सह(संयोजक हेमन्त दशौंदीको संयोजकत्वमा ” महामारी रोगको बारेमा सचेतना जगाउं, आफू बचौं र अरुलाई पनि बचाऔं” भन्ने नाराका साथ कोरोना के हो,कसरी सर्छ र कसरी वच्न सकिन्छ भन्ने सन्देश सहितको एक हजार भन्दा बढी ब्रोसरर, पर्चा, पम्पलेटहरु सर्वसाधारणलाई वितरण गरि एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

अनेरास्ववियूले दैलेखको लोकतान्त्रिक चोक, देवकोटा चोकमा सर्बसाधारणले देख्ने र बुझ्ने गरि सुचनामुलक व्यानर राखेको छ। उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य नबिनकुमार योगि, जिला सह(संयोजक हेमन्त दशौंदी, युवा संघ दैलेखका नेता पुण्यप्रसाद शर्मा, विद्यार्थी नेता हेमा खड्का, नारायण क्याम्पस स्ववियु अध्यक्ष रेखा थापा, कृष्णप्रसाद शर्मा, बिनिता थापा, खगेन्द्र खड्का लगायतका विद्यार्थी सहभागी रहेको थियो ।


सचेतना कार्यक्रम सफलताका लागि नेकपा कर्णाली प्रदेश कमिटी सदस्यहरु सुर्यबहादुर शाही, सावित्री मल्ल नारायण नगरपालिका उपमेयर, मायाराम अधिकारी, दैलेखका पार्टी सचिव प्रेम कटुवाल, यूवा नेता कुमारविक्रम शाहिले शुभकामना व्यक्त गर्नु भएको थियो ।

अनेरास्ववियू दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा आफ्ना सचेतनामुलक सामग्री पठाइ सम्पुर्ण मा सचेतना जगाउने कार्यक्रम राखेको छ । दैलेखको गुराँस गाउपालिका र आठबिस नगरपालिकामा हेल्प डेस्क मार्फत सम्पुर्णलाई सचेत गराइ कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाइ पनि बचाऔं भन्ने अभियान रहेको छ ।

­अनेरास्ववियू देश संकटको घडिमा रहेको बेला राहत, सचेतना जगाउने यस्तो संकटमा उपभोक्तालाइ अत्यवश्यक उपभोग्य सामग्रीको किर्तिम अभाव सिर्जना गरि कालोबजारी गर्ने व्यापारिलाइ खवरदारी गर्ने र बजार अनुगमन मार्फत कार्वाही गर्न सम्बन्धित निकायलाइ माग गरेकाछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *