कर्णालीका ९६.२ प्रतिशत बालबालिका  कुनै एक आधारभूत आवश्यकताबाट वञ्चित

ओम शाही सुर्खेत, ७ असोज । कर्णाली प्रदेशका ९६.२ प्रतिशत (१०० जनामा करिब ९६ जना) बालबालिका कम्तीमा एउटा आधारभूत आवश्यकताबाट वञ्चित रहेको पाइएको छ । नेपालमा बालबालिकाको आधारभूत सेवामा पहुँच पछिल्लो एक दशकमा उल्लेखनीय रूपमा सुधार भए पनि कर्णाली प्रदेशका बालबालिका अझै पनि धेरै क्षेत्रमा वञ्चित रहेको तथ्यांक सार्वजनिक भएको हो ।  शिक्षा, स्वास्थ्य, पोषण, […]

सम्पादकीय :  अब राष्ट्रिय खेलकुदको मिति नसरोस्‌

कर्णाली प्रदेशले आयोजना गर्न लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब फेरि अनिश्चितताको सिकार बन्नु हुँदैन । पटक–पटक मिति तोकिँदै स्थगित हुँदै आएको प्रतियोगिताका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मको मिति तय भएको छ । संघीय सरकारले यसपटक प्रतियोगिता स्थगित नहुने प्रतिवद्धता जनाएपछि प्रदेश सरकारले तयारी अघि बढाएको छ । अब आश्वासनभन्दा कामको गति […]

लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङ ,७ असोज । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई […]

पुणेमा दुई बालबालिकासहित नेपाली महिला सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह

बाँके ,६ असोज । सुर्खेतको चौकुने गाउँपालिका–७ निवासी जक्तिराम देवकोटाकी श्रीमती रञ्जना देवकोटा भारतको महाराष्ट्रस्थित पुणेबाट दुई बालबालिकासहित सम्पर्कविहीन हुनुभएको छ। परिवारका अनुसार रञ्जना यही सेप्टेम्बर ७ गते बिहान करिब ८ बजेदेखि ८ वर्षीया छोरी र ५ वर्षीय छोरासहित सम्पर्कविहीन हुनुभएको हो। उहाँ पुणेको देशान्तवाडी धनौरी क्षेत्रबाट बालबालिका, नगद तथा गरगहनासहित सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको […]

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया,६ असोज । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी र मधुवन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत पालिकास्तरीय संयुक्त स्थलगत अनुगमन गरिएको छ । असोज ४ र ५ गते गरिएको अनुगमनमा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमको प्रगति, सहयोग सामग्रीको उपयोग, व्यवसायको अवस्था तथा उद्यमीले भोगिरहेका चुनौतीबारे जानकारी लिइएको […]

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, ६ असोज । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी अधिकारकर्मी तथा सीमावर्ती क्षेत्रमा कार्यरत सरोकारवालाका लागि आयोजित दुईदिने क्षमता अभिवृद्धि तालिम बर्दियाको राजापुरमा सम्पन्न भएको छ । बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सुरक्षा परियोजनाअन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । सीमावर्ती क्षेत्रमा देखापर्ने मानव […]

तिर्खुका नौ परिवारले पाएनन् शव, कुशमै गरे अन्तिम संस्कार

गाेल्डेन बुढा जुम्ला,६ असोज । भोटेकोसी बाढीमा आफन्त बेपत्ता भएको लामो समय बित्यो। न सासको खबर आयो, न शव भेटियो। अन्ततः जुम्लाको पातारासी गाउँपालिका–४ तिर्खुका नौ परिवारले आफन्तको शव पर्खने आशा मनमै थाती राखेर मंगलबार कुशको आकृति बनाए। त्यही कुशलाई आफन्तको प्रतीक मानेर सामूहिक दाहसंस्कार गरे।आफन्तको अनुहार अन्तिमपटक हेर्न नपाई कुशको शवमा दागबत्ती दिनुपर्दा परिवारजनका […]

घुँयत्राे:‘म झोले’ लेखेर फोटो खिच्नेहरूलाई बाको झपाराइः अब झोला होइन, हेल्मेट चाहिने भयो!

हिजाे वलिबाका निम्ति सामाजिक सन्जालाँ फाेटाे पाेट्याएर त्यसकाे पछाडि ” म झाेले ” भन्ने लेखेर प्रतिष्पर्धा गर्ने वलिका दाशहरु ( एमालेका दास हैनन) एमालेकाे केन्द्रीय कमिटीकाे बैठकाँ वलिबाकाे हर्कत देखेर पानी पानी भै रा छन । अब वलिका विरुद्ध पाटिकाे पुनर्गठनकाे कुरालेर काेई कतै जान नपाउने गरि बादलले वलिकाे पक्षाँ बहुमत जुटाईदेछि अन्त त पाटिकाे […]

लुम्बिनी प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न  सर्वोच्चको आदेश

कोहलपुर ,६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रदेशसभा सदस्य काफ्लेलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘अन्तरिम आदेश […]

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ, ६ असोज ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ […]

कर्णालीका मुख्यमन्त्रीको सचिवालयमा ५ जना नियुक्त

सुर्खेत, ५ असोज । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सचिवालय गठन गरेका छन् । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले झन्डै दुई महिना पुग्न लाग्दा सचिवालय गठन गरेका हुन् । ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन’ अनुसार मुख्यमन्त्रीले ८ जना कर्मचारी राख्न पाउँछन् । जस अनुसार […]

बिरामीको सहारा बन्दै सुशील कोइराला क्यान्सर अस्पताल 

बाँके, ६ असोज ।  स्तन क्यान्सर पहिचान भएपछि निराश हुनुभएका नेपालञ्ज उपमहानगर पालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचार भएपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन् ।  दुई वर्ष अघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रुपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात अहिले सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सर जस्तो प्राणघातक […]

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ६ असोज ।  वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उहाँकै हेरचाहमा बितिरहेको छ ।  श्रीमान्‌को दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनुपर्यो । श्रीमान्‌को हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयआर्जनको काममा लाग्न उनलाई कठिन हुँदै आएको थियो । […]