भोटेकोशी बाढी :  अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

बाँके, ८ असोज ।  भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै परिवारका तीन आफन्त गुमाएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरूले सामाजिक संस्कार गर्न नपाएको बताए ।  रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत […]

भोलीदेखि भारी वर्षाको सम्भावना आवश्यक उच्च सतर्कता अपनाउन  प्रदेश सरकारको आग्रह

ओम शाही सुर्खेत, ८ असोज ।  कर्णाली प्रदेश सरकारले भोली ९ असोज (शुक्रबार) देखि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा ५ असोजमा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी ९ असोजदेखि ११ असोजसम्म (शुक्रबारदेखि आइतबार) प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी […]

लिंगासैनीले जित्याे , लिंगासैनी युथ क्लबको खुल्ला फुटसल प्रतियोगिता

हस्त चौलागाईं  कालिकोट,८ असोज  । लिंगासैनी युथ क्लबको आयोजनामा सञ्चालन भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि लिंगासैनी युथ कल्वले उपाधी हात पारेको छ। असोज ४ गतेदेखि सुरु भएको प्रतियोगिता असोज ७ गते सम्पन्न भएको हो। युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, स्थानीय स्तरमा रहेका प्रतिभाको पहिचान तथा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता तथा आपसी भाइचारा कायम गर्ने […]

न्यायको पर्खाइ लम्बिँदा पीडितको पीडा झन् गहिरियो’

सुर्खेत, ७ असोज । संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितको वास्तविक अवस्था, आवश्यकता र आवाजलाई केन्द्रमा राखेर अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लामो समयदेखि न्याय, सत्य, परिपूरण र सम्मानको पर्खाइमा रहेका द्वन्द्वपीडितको सहभागिताबिना संक्रमणकालीन न्याय प्रक्रिया प्रभावकारी हुन नसक्ने उनीहरूको भनाइ छ । राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न […]

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्भूत सङ्गम महावुधाम

नवीन रिजाल/रासस दैलेख, ७ असोज ।  समुद्र सतहदेखि चार हजार १६८ मिटरको उचाइमा अवस्थित महावुधाम केवल एउटा भौगोलिक लेक मात्र होइन, यो हजारौँ श्रद्धालुहरूको अगाध आस्था, आत्मीय शान्ति र प्राकृतिक सौन्दर्यको अद्वितीय सङ्गम हो । दैलेखको महाबु गाउँपालिका–६ र कालीकोटको महावै गाउँपालिका–४ को सिमानामा पर्ने यो पावन धाममा हरेक वर्ष जनै पूर्णिमाको सेरोफेरोमा विशाल धार्मिक […]

कर्णाली करिडोर : छारेभिरको  पहिरो पन्छाउन सकस  

 हुम्ला, ७ असोज ।  कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला–ठूला ढुङ्गा थुप्रिएका छन् । पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख […]

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौँ, ७ असोज ।  प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच बिहान टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए । उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्रीका […]

आलेखः विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौँ, ७ असोज ।  नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ । विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा […]

पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी

अचुतकुमार ओझा पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् । लगानीकर्ताको आफ्नो आवश्यकता, क्षमता, योग्यता र उपलब्ध समयको आधारमा लगानीमा फरक रणनीति रहने गर्दछ । एकथरी लगानीकर्ता नियमित लाभांश प्राप्तिका लागि पुँजी लगाई रहेका हुन्छन्, यी भन्दा […]

स्याउ बोकेको ट्रक दुर्घटना

जुम्ला , ५ असोज ।  जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका– १ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रकमा ४५० कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।  नदी किनारमा खसेका स्याउ काम नलाग्ने भई रु […]

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

बाँके, ७ असोज ।  बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ । यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।  जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर […]

सल्यानको दार्मामा स्क्रब टाइफसको प्रकोप नियन्त्रणमा लिन मुख्यमन्त्रीको शाहीको निर्देशन

सुर्खेत, ७ असोज । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप देखिएको छ । गाउँपालिकाका वडा नम्बर १, ५ र ६ बढी प्रभावित भएका छन भने रोगका कारण हालसम्म सात जनाको मृत्यु भएको बताइएको छ । प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । वडा नम्बर १ मा स्थानीयको रगत परीक्षण गरिएको छ ।  […]

नेपालगञ्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके, ७ असोज ।  नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए । उनका अनुसार, जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा खपत […]