चुनावअघि पेचिलो मुद्दा बन्छ रानीघाटमा पुल बन्दैन

ओम शाही सुर्खेत, ९ असोज  । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ र बराहताल गाउँपालिका–२ स्थित रानिघाटमा १४ वर्षयता भेरी नदीको बीचमा दई वटा कंक्रिटका संरचना ठिङ्ग उभिएका छन्  । करोडौं रकम खर्चेर अलपत्र पारिएको आयोजनालाई नाम दिइएको छ, ‘रानिघाट पक्की पुल’  । वारिपट्टि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पर्छ  । पारिपट्टि बराहताल गाउँपालिकाको वडा नम्बर २ र १ […]

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ९ असोज ।  सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै उक्त मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सङ्घीय […]

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री 

काठमाडौँ, ९ असोज ।  परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न अन्तरराष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।  संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्रीले राष्ट्र सङ्घको प्रधान कार्यालयमा आज आयोजित जलवायुसम्बन्धी उच्चस्तरीय बैठकमा जलवायु जोखिममा रहेका मुलुकलाई पर्याप्त सहयोग परिचालन हुनुपर्ने बताए । मन्त्री खनालको […]

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन । सुखपछि दुःख र दुःखपछि सुखको चक्र प्रकृतिमा निरन्तर चलिरहने अकाट्य नियम हो । रातपछि दिन भए झैँ प्राकृतिक विपत्ति, महामारी वा गम्भीर दुर्घटना समयसमयमा आइरहन्छन् तर यस्ता विपद्ले मानव जीवनमा छाड्ने प्रभाव सामान्य हुँदैन । धनजनको क्षतिसँगै विपत्तिले मानिसको मन र भावनामा पारेको […]

पर्यावरणीय कृषि प्रवद्र्धनमा युवाको भूमिका बढाउन अर्घाखाँचीमा प्रदेशस्तरीय सम्मेलन

अर्घाखाँची, ८ असोज । युवाको कृषि क्षेत्रमा अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, अनुभव आदानप्रदान तथा पर्यावरणीय कृषि प्रवद्र्धनमा युवाको भूमिका बढाउने उद्देश्यले अर्घाखाँचीमा प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन–२०८३ सम्पन्न भएको छ । सामाजिक सेवा अध्ययन केन्द्रको पहल तथा साझेदार संस्थाहरूको सहकार्यमा असोज ६ गतेदेखि ८ गतेसम्म शितगंगा नगरपालिकास्थित इभरल्याण्ड होटल तथा राप्ती नदी क्षेत्रमा सम्मेलन सञ्चालन […]

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुङ्गेहरीमा सामाजिक लेखापरीक्षण सम्पन्न

कपिलवस्तु ,८ असोज । कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुङ्गेहरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ। विद्यालयको आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक अब्दुसस्लाम मुसलमानले जानकारी गराउनु भएको हो। विद्यालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, विद्यालयका […]

कर्णालीमा मन्त्रिपरिषद्का ४ निर्णय

सुर्खेत ,८ असोज । कर्णाली प्रदेश सरकारको असोज ७ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव पदमा कामकाज खटाउनेदेखि संगठन संरचना स्वीकृत र हाइड्रोपावर कम्पनीको सञ्चालक समितिमा सदस्य मनोनयन गर्नेसम्मका निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार, मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा प्रदेश सरकारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय […]

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ, ८ असोज ।  नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो […]

नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा

शरच्चन्द्र भण्डारी/रासस नितान्त नयाँ परिस्थिति र परिवेशमा देशको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुँदै हुनुहुन्छ । नयाँ सरकार गठनसँगै नेपालले विश्वमञ्चमा आफ्नो बदलिएको राजनीतिक अवस्था मात्र होइन, विकासको गति बढाउने, गरिबी हटाउने, सामाजिक तथा आर्थिक असमानता घटाउने, महिला–पुरुष समानता र समावेशी विकास सुनिश्चित गर्ने तथा नागरिकको जीवनस्तर सुधार्ने राष्ट्रिय […]

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौँ, ८ असोज ।  सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त […]

‘अनलाइन गेम’ खेलाएको आरोपमा पक्राउ ‘

बाँके, ८ असोज ।  बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले आज ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जिल्ला प्रहरी […]

शिक्षा योजनाको समिक्षा गर्दै कार्ययोजना निर्माण

सल्यान, ८ असोज ।  सल्यानको तीन वटा स्थानीय तहको शिक्षा योजना पहिलो पटक समिक्षा गरिएको छ । सिद्ध कुमाख, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाको दश वर्षे शिक्षा योजनाको समिक्षासहित कार्य योजना समेत निर्माण गरिएको छ ।  युरोपियन यूनियनको सहयोगमा सञ्चालित एक्सेस परियोजनामार्फत स्थानीय शिक्षा योजनाको समिक्षा गर्दै कार्ययोजना निर्माण गरिएको हो । स्थानीय सरकार, विद्यालय […]

भेरीगंगामा छड्के बजारमा अनुगमन म्याद गुज्रिएका सामग्री नष्ट

विनोद घिमिरे भेरीगंगा, ८ असोज ।  नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार र बुधबार भेरीगंगाका विभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो ।  भेरीगंगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत, उद्योग वाणिज्य संघ भेरी र […]