निजी क्षेत्रको प्रतिनिधित्वसहित आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने धनबहादुर रावत क्षेत्रीको प्रतिबद्धता
सुर्खेत ,११ असोज । कर्णाली प्रदेशतर्फ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुर्खेत क्षेत्र नं. २(क) का धनबहादुर रावत क्षेत्रीले आर्थिक समृद्धि, औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि पार्टीभित्र निजी क्षेत्रको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसले अंगिकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल भावनालाई आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ। […]



