घुयँत्राे: भ्रष्टाचार खोज्न हिँडेको सरकार, अन्ततः पत्रकार खोज्दै हिँड्न थाल्यो!

नयाँ,युवा , जेनजी र भष्टाचार विराेधिहरुकाे सरकार ल्याएर के के नै उपति पार्छम् भनेर चुनाबका बेलाँ ४ हात माथि उफ्रेका नेपालीहरुका ताई पनि हेरियाे । भन्ने बेलाँ दुई तिहाइकाे लाेकतन्त्रवादि सरकार भन्ने तर काम गर्ने बेलाँ सरकारले काम जति सप्पै लाेकतन्त्र र मानवअधिकार विराेधि मात्रै गर्ने अनि सरकारकारका गलतकामका बारे कसैले लेख्याे भने त्यसका विरुद्ध […]

घुयँत्राे:सरकारको नयाँ खेल : पक्राउ गर, अस्पताल लैजाऊ, उपचार गर अनि छोड!

हैन ! याे सरकारकाे अरु के ई काम छैन कि क्या ? खाल मान्छे पकडिने अनि छाेडने गर्या मात्रै सम्चनर आउँछन त ! हैन के प्रधानमन्त्री वा गृहमन्त्री जे लाग्छ त्यै गर्न पाईन्छ र भन्या ? हुन त हामी दुई तिहाइ काे सरकार कैल्यै नदेख्या मान्छे ! दुईतिहाईकाे सरकार भएछि जेपनि गर्न पाईन्छ नि हाेला […]

बनगाड कुपिण्डेकाे वडा नं ४ को नवनिर्मित भवन उद्घाटन

दुर्गा विसि सल्यान ,१३ असोज  सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ को नवनिर्मित वडा कार्यालय भवनको आज नगर प्रमुख कर्णबहादुर बुढाथोकीले उद्घाटन गर्नु भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री गोकर्ण पन्थी, वडा नं. ४ का वडा अध्यक्ष पुष्कर बुढा, वडा नं. ५ का वडा अध्यक्ष पिउमले खत्री, वडा नं. ६ का वडा […]

चन्दननाथ कांग्रेस सभापतिमा रवि थापा

गोल्डेन बुढा जुम्ला ,१३ असोज। नेपाली कांग्रेस चन्दननाथ नगरपालिकाको नगर सभापतिमा रवि थापा निर्वाचित भएका छन्। नगर अधिवेशनमा भएको निर्वाचनमा थापाले १ सय २६ मत प्राप्त गर्दै सभापतिमा पुनः निर्वाचित भएका हुन्। उनी यसअघि पनि नगर सभापति थिए।कुल २ सय ३४ मत खसेको निर्वाचनमा थापाका प्रतिद्वन्द्वी निवर्तमान नगर कमिटी सचिव मक्करबहादुर रावलले ६८ मत प्राप्त […]

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

काठमाडौं ,१३ असोज । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपालको ऊर्जा […]

शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब

कैलाली, १३ असोज ।  सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला वर्षमा विद्यालय भवनदेखि आवश्यक शैक्षिक पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको छ । अब भौतिक संरचना थपिँदै जाँदा विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षाको गुणस्तरमा त्यसको प्रतिफल देखाउने दबाब बढेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका नौ जिल्लामा विभिन्न प्रकृतिका दुई हजार ७०० शैक्षिक तथा सामुदायिक संरचना […]

विपद्मा सहारा बन्दै स्थानीय स्वयम्‌सेवक

बाँके, १३ असोज ।  भारी वर्षाका कारण राप्ती नदीमा हुने बाढीजन्य विपद् व्यवस्थापनमा स्थानीय स्वयंसेवक तटीय क्षेत्रका बासिन्दाको सहारा बनेका छन् । राप्ती नदीमा पानीको सतह बढ्दा सम्भावित बाढीको त्रासमा रहेका राप्ती सोनारी गाउँपालिका वासीलाई यो त्रासमा मल्हम लगाउन दक्ष स्थानीय विपद् व्यवस्थापन स्वयंसेवक अहिले प्रतिकार्यका लागि आ–आफ्नो समुदायमा खटिएका छन् । गाउँपालिका अध्यक्ष तप्त […]

दार्चुलाकोे किसानको गुनासो ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’  

दार्चुला, १३ असोज ।  जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रूपमा स्याउखेती गरेका छन् । कलमी, गाला, इटालीयन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानी समस्याका कारण बिक्रीवितरण हुन नसकेको हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिँह […]

पाठ्यक्रम पुनरावलोकनका मुद्दा :  व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

प्रकाश सिलवाल काठमाडौँ, १३ असोज ।  बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि सरोकारवालाबीच घनीभूत विमर्श भइरहेको छ । ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, (एनसिएफ) २०७६’ माथि पुनरावलोकन गर्न नेपाल सरकारले कार्यदलले गठन गरेपछि आम नागरिम र सरोकारवालाबाट विभिन्न माध्यमबाट राय–सुझाव आउने क्रम चलेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत […]

‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

काठमाडौँ, १३ असोज ।  होटल तथा रेष्टुरेन्टको डिजिटल रुपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ । होटल व्यवसायी महासङ्घ नेपालले ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको हो । एक वर्षसम्म सञ्चालन हुने अभियानमार्फत सातै प्रदेशका होटल तथा […]

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ, १३ असोज ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ । गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिए । लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन […]

बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला

सुर्खेत, १३ असोज ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।  उक्त सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि बेवारिसे अवस्थामा कालो […]

जडीबुटी संकलन गर्न गएका  १२ जना सम्पर्कविहीन

सुर्खेत, १३ असोज ।  जडीबुटी संकलनका लागि उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका १० र मुगुका दुई जना सम्पर्कविहीन भएका छन् । हिमपात र खराब मौसमका कारण स्थलमार्गबाट खोज तथा उद्धार गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट हेली रेस्क्यू गरिदिन जिल्ला सुरक्षा समितिले पत्र पठाएको छ ।  सिमकोट गाउँपालिका २ ठेहेका धनमानसिंह बोहरा, पिजली बोहरा, पुन […]