‘कर्णालीलाई विकासको  मुलधारमा ल्याउँन जुट्छौं’ 

ओम शाही सुर्खेत ,२९ चैत । कर्णाली प्रदेशलाई विकासको मुलधारमा ल्याउन मिलेर काम गर्ने सांसदहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा कर्णालीका सुइना सत्रका वक्ता प्रनितिनिधिसभा सदस्यहरुले कर्णालीका मुद्दाहरु संघीय संसदका माध्यमबाट आवाज उठाउने प्रतिवद्धता जनाए । उनीहरुले कर्णालीको समर्ग विकास हुनुपर्ने जति नभएको तर केही नभएको भन्ने […]

सम्पादकीय: मध्यपहाडीलाई पूर्णता देऊ

मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारण रहेको निष्कर्ष निकाल्दै सरकारले आर्थिक वर्ष २०६४/०६५ मा मध्यपहाडी राजमार्गको परिकल्पना गर्‍यो । संघीय सरकारले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्याएको थियो । तत्कालीन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित यो सडकको परिकल्पना गरिएको थियो । आर्थिक वर्ष २०६९/०७० बाट […]

१४ करोड फिर्ता गर्ने जुम्ला दियालो सहकारीकाे निर्णय, ६ महिनाको अल्टिमेटम

गाेल्डेन बुढा  जुम्ला ,२९ चैत । जुम्लामा अवस्थित दियालो बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरिएको करोडौं रकम फिर्ता नपाएपछि सयौं बचतकर्ता पीडित बनेका छन्। जुम्लाको पातारासी गाउँपालिका–७ रिनी गाउँकी पम्फाकली बुढाले सहकारीमा ११ लाख रुपैयाँ बचत गरेको बताउँछिन्। खेतबारीमा उत्पादन गरेको आलु, स्याउ, सिमी, ओखर, तरकारी तथा भेडा बिक्री गरेर जम्मा गरेको रकम फिर्ता नपाउँदा उनी […]

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

सुर्खेत ,२९ चैत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् । भान्सा कोठामा लाइटरले आगो […]

रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार प्राथमिकता:मुख्यमन्त्री आचार्य

रुकुम पूर्व ,२९ चैत । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गर्नुभएको हो । साथै, नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, तीन जना घाइते

२९, चैत २०८२ जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजेको समयमा नलगाड नगरपालिका–२ छेप्का स्थित थालु प्रसाद जैसीको घरको भान्सा कोठामा उक्त घटना भएको हो। प्रहरीका अनुसार ग्यास लिक भएको अवस्थामा उनकी श्रीमती ४२ वर्षीया माया जैशीले लाईटर बाल्ने […]

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ: मुख्यमन्त्री आचार्य

रुकुम पूर्व ,२९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोत–साधनको संरक्षण, संवद्र्धन […]

घुयँत्राे: “भ्रष्टाचारको ‘AI संस्करण’: नेता भन्छन्—सबै नक्कली, पैसा मात्र सक्कली!”

हैन ! चुनाबाँ पराना दललाई धुलाे चटाएछि नि जनता रिस अँझै मेट्टिया छैनकि क्या हाे ? २/४ जना बसेर यसाे गफ गर्या ठाँ गएर तिन्का कुरा सुन्याे कि तिनै काँग्रेस कमिनिष्टका नेतामाथि रिसपाेख्ने काम मात्रै भा सुनिन्छ तनि । याैटाले त्याे शेरे,त्याे शेरे त्यैस्वास्निलाई दलाल बनाएर टिकट बेचेर पैशा कमायाे । काेठैभरि थुपार्या पैशा जेनजीले […]

कनकमुनि माध्यमिक विद्यालयमा वार्षिक परीक्षाफल सार्वजनिक, उत्कृष्ट विद्यार्थी पुरस्कृत

कपिलवस्तु ,२८ चैत । कपिलवस्तु नगरपालिका स्थित श्री कनकमुनि माध्यमिक विद्यालयले शुक्रबार एक औपचारिक समारोहका बीच वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका सदस्य जनार्दन वारीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समाजसेवी एवं […]

मुक्तिनाथ विकास बैंकद्वारा सुर्खेतमा ११० विद्यार्थीलाई खाद्यान्न सहयोग

सुर्खेत,२८ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुर्खेतमा खाद्यान्न सामग्री वितरण गरेको छ। बैंकको वीरेन्द्रनगर शाखामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा बादी सरोकार मञ्च नेपालमा आश्रित ११० जना विद्यार्थीलाई करिब एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो। बैंकले विभिन्न सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले […]

कर्णाली उत्सव सुरु : विकास, अवसर र नारी नेतृत्वमाथि गहन बहस

सुर्खेत ,२८ चैत । कर्णाली क्षेत्रका सम्भावना, अवसर र चुनौतीमाथि बहस तथा पैरवी गर्ने उद्देश्यसहित ‘कुडा कर्णालीका’ अन्तर्गत कर्णाली उत्सव सुरु भएको छ। सातवटा सांगीतिक धुनबाट उद्घाटन गरिएको उत्सवले यस क्षेत्रको पहिचान, विकास र समृद्धिका विविध पक्षलाई उजागर गर्ने लक्ष्य लिएको छ। विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमको यो सातौं संस्करण हो। […]

कोहलपुरमा तीव्र कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न

२८, चैत २०८२ बाँके ।बाँकेको कोहलपुरमा तीव्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न भएको छ। बाँके युनेस्को क्लबको आयोजनामा हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरिएको पोषण परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो। तालिममा कोहलपुर नगरपालिका–१ देखि १५ वडासम्मका २४ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको क्षमता […]

जहाँ गुराँस हुन्थ्यो…!

गाेल्डेन बुढा जुम्ला,२८ चैत । केही वर्ष अघिसम्म जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित बागदुली वन चैत अन्तिम लाग्दै जाँदा राताम्य हुन्थ्यो । लालीगुराँसका फूलले ढाकिएको जंगल टाढैबाट चम्किन्थ्यो । जुम्लाको सदरमुकाम खलंगादेखि राराताल जाने बाटोमा पर्ने यो वन यात्रुका लागि विश्राम मात्र होइन, आँखाको उत्सव पनि थियो । फागुन लागेपछि सुरु हुने गुराँसको रङ्गले बैशाखसम्म वनलाई […]