जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, तीन जना घाइते

२९, चैत २०८२

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजेको समयमा नलगाड नगरपालिका–२ छेप्का स्थित थालु प्रसाद जैसीको घरको भान्सा कोठामा उक्त घटना भएको हो।

प्रहरीका अनुसार ग्यास लिक भएको अवस्थामा उनकी श्रीमती ४२ वर्षीया माया जैशीले लाईटर बाल्ने क्रममा अचानक आगलागी भएको हो। आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीका अनुसार घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यसैबीच, गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौं ल्याई थप उपचार गर्न आवश्यक रहेको जनाएको छ। बिरामी पक्षले खर्च व्यहोर्ने गरी हवाई उद्धारको व्यवस्था गरिदिन अनुरोध गरिएको छ।

जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, तीन जना घाइते

रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन, दुर्गम

Leave a comment

Your email address will not be published. Required fields are marked *